गायक रोशन बालुवाको स्वरमा रहेको गीत ‘मायाकै संसार’ चर्चामा
हेल्लो टिभी नेपाल /३० मंसिर २०८०, शनिबार १७:१७ , प्रकाशीत
गायक रोशन बालुवा र प्रविशा अधिकारीको स्वरमा रहेको गीत ‘मायाकै संसार’ सार्वजनिक भएको छ। विगत लामो समयदेखि सांगीतिक क्षेत्रमा पाइला चालिरहेका बालुवाले भर्खरै मात्र लोक पप जनराको नयाँ गीत सार्वजनिक गरेका हुन् ।
शब्द लेखु सहयात्री रहेको गीतमा संगीत रोशन आफैंले गरेका छन्। मदन खडकाले निर्देशन गरेको उक्त गीतको भिडियोमा उषा उप्रेती र दिनेश तामाङको अभिनय रहेको छ।
करन चैसिरको छायांकन रहेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका छन्। भिडियो ओएस आर डिजिटलको युटुयूब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
प्रेमका भावहरूले ओतप्रेत भएका यस गीतका शब्दहरु गुनगुनाई रहँदा आफूलाई प्रेमील संसारमा हराएको महशुस भएको गायक बालुवा बताउँछन् । उनी भन्छन्, ‘यो गीत को शब्द शब्द लाई बुझेर त्यसमा डुबेर गाउँदा म आफैँ प्रेमको संसारमा हराएको जस्तो महशुस हुन्छ,’ उनले भने ‘यो मेरो म्युजिकल करियरको पहिलो फरक जनराको काम हो तर पनि, गीतप्रति न्याय गरेको छु भन्नेमा म ढुक्क छु ।’