• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

सरकारले घटायो घरायसी ग्राहकको विद्युत महसुल, अब कति तिर्नुपर्छ ?

  •    हेल्लो टिभी नेपाल  /३ असार २०७७, बुधबार १०:२९ ,  प्रकाशीत
  • सरकारले विद्युत महसुल घटाएको छ । ५ एम्पियर लाइन लिएर न्यनतम् मासिक १० युनिटसम्म खपत गर्ने तल्लो तहका ग्राहकलाई ३० रुपैयाँ मात्रै डिमान्ड शुल्क लगाइएको छ । उनीहरुलाई विजुली भने निःशुल्क दिइने भएको छ ।

    विद्युत नियमन आयोगले यही असार महिनाको खपतमा लागु हुने गरी नयाँ महसुल निर्धारण गरेको हो ।

    विद्युत नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहका अनुसार सिंगलफेज मिटर जोड्ने ग्राहकले ११ देखि २० युनिटसम्म खपत गर्दा डिमान्ड शुल्क ३० रुपैयाँ तिर्नुपर्ने छ । प्रतियुनिट शुल्क ३ रुपैयाँ कायम भएको छ ।

    २१ देखि ३० युनिटसम्म खपत गर्नेले ५० रुपैयाँ इनर्जी शुल्क र ६.५० रुपैयाँ प्रतियुनिट विद्युत महसुल हिसाव गरेर तिर्नुपर्नेछ ।

    ३१ देखि ५० युनिट खपत गर्ने ग्राहकले ५० रुपैयाँ डिमान्ड शुल्क र ८ रुपैयाँ प्रतियुनिट महसुल तिर्नुपर्ने छ ।

    ५१ देखि १०० युनिटसम्म खपत गर्दा ७५ रुपैयाँ डिमान्ड शुल्क र ९.५ रुपैयाँ प्रतियुनिट महसुल तिर्नुपर्ने भएको छ ।

    त्यसैगरी १०१ देखि १५० युनिटसम्म खपत गरेमा घरेलु ग्राहकले १०० रुपैयाँ डिमान्ड शुल्क र ९.५० रुपैयाँ प्रतियुनिट शुल्क तिर्नुपर्ने भएको छ ।

    १५१ देखि २५० युनिटसम्म खपत गर्ने ग्राहकका लागि १२५ रुपैयाँ डिमान्ड शुल्क र १० रुपैयाँ प्रतियुनिट महसुल तोकिएको छ ।

    २५१ देखि ४०० युनिटसम्म खपत गर्दा १५० रुपैयाँ डिमान्ड शुल्क र ११ रुपैयाँ प्रतियुनिट महशुल तिनुपर्ने हुन्छ ।

    ४०० युनिटभन्दा माथि विजुली खपत गर्ने घरासयी ग्राहकले १५० रुपैयाँ डिमान्ड शुल्कसहित १२ रुपैयाँ प्रतियनिट विजुली महसुल तिर्नुपर्ने छ ।

    आयोगले घरायसी ग्राहकको लागि १५ एम्पियर, ३० एम्पियर र ६० एम्पियरसम्म विजुली लाइन लिँदा पनि खपतका आधारममा फरक-फरक द तोकेको छ ।

    नेपाल विद्युत प्राधिकरणका कार्यत्रकारी निर्देशक कुलमान घिसिङले सरदर १० प्रतिशत विद्युत महशुलदर घटेको बताए ।

    नयाँ महसुलको दर यस्तो छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    ताजा अपडेट
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    आईजिपी दान बहादुर कार्कीको प्रयासपछि नेपाल प्रहरीको राशन स्केल बृद्धि
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.