• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

दलित समुदायको राष्ट्रिय कलाकार भनेर प्रशंसा पत्र दिँदा रिमाको आपत्ती (भिडियो हेर्नुस्)

  •    हेल्लो टिभी नेपाल  /३ असार २०७७, बुधबार २१:३५ ,  प्रकाशीत
  • कलाकारिताको क्षेत्रमा रिमा विश्वकर्मा स्थापित नाम हो । उनले अहिले पछिल्लो समय कमेडि च्याम्पियन नामको रियालिटि शो को उद्घोषण गरिरहेकी छन् । कमेडि चेम्पियन हाँस्यब्यग्यका रुपमा सुरु गरीएको पहिलो स्टेण्डप कमेडि रियालिटि शो हो । अन्य कुनै कार्यक्रमको फ्रेन्चाइच बिना गरिएको यो कार्यक्रम नेपाली उत्पादकहरुको आफ्नै कार्यक्रम हो । रिमा करिब डेढ दशक देखि कलाकारिता क्षेत्रमा सकृय छन् । उनको आफ्नै परिचय स्थापित भएको छ ।

    तर रिमालाई हालै दलित समुदाय राष्ट्रिय कलाकारका रुपमा प्रशंसा पत्र प्रदान गरियो । उनले आफ्नो लामो करियरका क्रममा कहिल्यै दलित भनेर आफुले प्रतिस्पर्धामा कहिल्यै महशुष गर्न नपरेका कारण दलित समुदायका तर्फवाट प्रशंसा पत्र पाउँदा अनौठो लागेको बताइन् । उनले जातकै कारण आफुले कलाकारितामा कहिल्यै अपमानिन महशुष गर्न नपरेको उनको भनाई छ । उनी आफुलाई अवसर प्राप्त गर्ने र प्रतिस्पर्धामा उत्रन सक्ने महिला भएका कारण दलित भनेर एउटा जातिमा मात्र खुम्चिन नचाहेको बताएकी छन् ।

    अवसर नपाएकाहरुलाई यस्तो सम्मान दिएर प्रोत्साहन दिन उनले आग्रह गरिन् । साथै दलित समुदायका तर्फवाट राष्ट्रिय कलाकार भनेर सम्मान पाउँदा आफुले म यो समुदायको हो भन्ने फिल भएको उनको भनाई छ । यदि दलित समुदायको उत्थानका लागि आफ्नो कुनै भूमिका भए त्यसका लागि आफुलाई बोलाउन समेत रिमाले आग्रह गरेकी छन् । आफु सम्मान पाउन भन्दा पनि आफ्नो समुदायको उत्थानका लागि केही गर्न चाहेको उनको भनाई छ । मलाई सम्मानमा होइन कर्ममा विश्वास लाग्छ दलित समुदायका लागि भनेर मैले विशेष त्यस्तो केही योगदान गरेको जस्तो मलाई लाग्दैन, उनले भनिन् बरु मलाई त्यस्तो केही काम गर्ने अवसर दिनुस् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    ताजा अपडेट
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    आईजिपी दान बहादुर कार्कीको प्रयासपछि नेपाल प्रहरीको राशन स्केल बृद्धि
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.