• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

शिव र सुनीललाई सम्मान

  •    हेल्लो टिभी नेपाल  /६ भाद्र २०८०, बुधबार १४:१६ ,  प्रकाशीत
  •  

    अमेरिकाको क्यालिफोर्नीयामा सन् २०२४ को सेक्टेम्बरमा आयोजना हुने ‘गोल्डेन नेपाली फिल्म अवार्ड’ घोषणा गरिएको छ । हाल अमेरिकामा रहेका अभिनेताद्वय शिव श्रेष्ठ र सुनील थापाको सम्मानमा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नीया आयोजना गरेको ‘मिट,ग्रीट एण्ड विसेस् एक्सचेञ्ज म्युजीक नाइट’ कार्यक्रममा अवार्ड घोषणा गरेको हो ।

    लामो समयदेखि अमेरिका बस्दै आएका खेलाडी, सफल ब्याबसायी तथा समाजसेवी यज्ञलाल श्रेष्ठले आफ्नो कम्पनी गोल्डेन स्टेट मुभी मेकर्समार्फत आयोजना गर्न लागेको ‘गोल्डेन नेपाली फिल्म अवार्ड’ले नेपाली फिल्मको गुणस्तरिय विकास, अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन, बिस्तार तथा कलाकारको सम्मानमा नौलो आयाम थप्ने विश्वास लिएको छ ।

    २०१९ देखि ग्लोबल फिल्म अवार्डमा विशेष भूमिका निर्वाह गर्दै आएका श्रेष्ठले अब भने एकल रुपमा यो अवार्ड आयोजना गर्न लागेका हुन् । उनले ‘गोल्डेन नेपाली फिल्म अवार्ड’ निकै व्यवस्थित, निष्पक्ष, सभ्य, भव्य र सानदार हुने दाबी गरे । ‘हामी पूर्ण व्यवस्थित, भव्य, निष्पक्ष र सानदार तवरले अवार्ड आयोजना गर्ने योजनामा छौं,’ उनी भन्छन्,‘नेपाली फिल्म तथा कलाकारको अन्तर्राष्ट्रिय प्रवर्द्धन र विकासमा यो अवार्डले ठूलो भूमिका खेल्ने छ ।’

    अभिनेता शिव श्रेष्ठले अवार्डमा आफ्नो भरपुर, साथ, समर्थन र सहयोग रहने बताए । अभिनेता श्रेष्ठ र थापा अवार्डको जुरी पनि रहेका छन् ।

    ‘गोल्डेन नेपाली फिल्म अवार्ड’ को जुरी तथा संयोजन टिममा अभिनेता श्रेष्ठ तथा थापाका साथमा चर्चित अभिनेत्री, निर्मात्री, निर्देशक दीपाश्री निरौला र वरिष्ठ चलचित्र पत्रकार, फिल्म लेखक, निर्माता अनि निर्देशक लक्ष्मण सुवेदी रहेका छन् ।

    बर्कलीस्थित हिमालय फलेभर रेस्टुरेन्टमा अगस्त २० मा आयोजित कार्यक्रममा अभिनेता द्वयसँग भेटघाट, भलाकुसारी गर्न र फोटो खिच्न विभिन्न स्टेटबाट शुभचिन्तकहरुको भीड लागेको थियो । अमेरिकामा पनि आफूहरुले दर्शकहरुबाट त्यति धेरै साथ, सम्मान र माया पाएकोमा अभिनेता द्वय भावुक भएका थिए ।

    कार्यक्रममा वेस्ट कोस्ट रिजनल कमीटी ९एनआरएनए युएसए० का अध्यक्ष विष्णु केसी, तामाङ सोसाइटी क्यालिफोर्नीया नवनिर्वाचित अध्यक्ष सुरज पाख्रिन, एनआरएनए च्याप्टर क्यालिफोर्नीयाका सदस्य तेजेन्द्र बराल र एनआरएनए आइसिसि सदस्य बिन्दु निरौला सापकोटालाई गोल्डेन स्टेट मुभी मेकर्सका तर्फबाट सम्मान गरिएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    ताजा अपडेट
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    आईजिपी दान बहादुर कार्कीको प्रयासपछि नेपाल प्रहरीको राशन स्केल बृद्धि
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.