• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

राप्रपाको भण्डाफोरमा भ्रष्टाचार विरोधी लिङ्देन र भ्रष्टाचार आरोपी पाण्डे एउटै मञ्चमा

  •    हेल्लो टिभी नेपाल  /१७ फाल्गुन २०८१, शनिबार २१:०२ ,  प्रकाशीत
  • काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिँदै २०७९ भदौ १९ गते भनेका थिए, ‘यहीँबाट घोषणा गर्न चाहन्छु कि म आजबाट सांसदको रुपमा यहाँ उपस्थिति हुनेमात्रै छैन, मेरो नाममा पठाइने तलब, भत्ता, सुविधा समेत रोक्का गरियोस् । म कहीँ लेखेर दिनुपर्छ भने लेखेर दिन तयार छु ।
    कुनै पनि अनैतिक काममा लाग्न मेरो आत्माले मानेन । मेरो अन्तरआत्माको निर्देशनअनुसार सबै त्याग गर्न उपस्थिति भएको छु ।’ मौजुदा प्रतिनिधिसभा सदस्यका लागि निर्वाचनको मिति घोषणापछि पनि संसद बैठक बस्ने र सांसदहरुले सेवा सुविधा लिने कार्यप्रति अहसमति जनाउँदै उनले संसद बैठकमार्फत् नै राजीनामा घोषणा गरेका थिए । राजीनामा घोषणा गर्दै लिङ्देनले अर्को संसद (अहिलेको) मा आफू एक्लै नआउने र बलियो पार्टीका रुपमा उपस्थित हुने घोषणासमेत गरेका थिए । संसदमा गरेको घोषणालाई साकार बनाउँदै उनले २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनबाट राप्रपालाई प्रतिनिधिसभामा पाँचौँ ठूलो दलका रुपमा उभ्याए । पार्टीलाई पाँचौँ शक्तिको रुपमा संसदमा सहभागी गराउन अध्यक्ष लिङ्देनको ‘भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह हो’ भन्दै भ्रष्टाचारविरुद्धको संकल्प गर्नु नै प्रमुख कारण थियो ।
    अघिल्लो संसदको कार्यकाल होस् या मौजुदा संसदमा पनि उनले भ्रष्टाचार, अनियमितता र बेथितिविरुद्ध आवाज बुलन्द बनाउँदै आएका छन् । उनकै नेतृत्वमा अहिले देशभर भ्रष्टाचार र बेथितिविरुद्ध भण्डाफोर कार्यक्रम राप्रपाले गरिरहेको छ । सातवटै प्रदेशमा राप्रपाले भ्रष्टाचार र बेथितिविरुद्ध र संवैधानिक राजतन्त्र र सनातन हिन्दू राष्ट्र पक्षमा भण्डाफोर कार्यक्रम गरिरहेको छ । तर, भ्रष्टाचार र बेथितिविरुद्ध आजाव बुलन्द मात्र होइन व्यवहारमै देखाएका अध्यक्ष लिङ्देनले भ्रष्टाचारको आरोप लागेका आफ्नै सांसद विक्रम पाण्डेलाई भने भण्डाफोर कार्यक्रममा सहभागी किन गराउँदैछन् ? विवादित व्यक्तिलाई कार्यक्रममा सहभागी गराएर राप्रपाले गरेको भ्रष्टाचार र बेथितिविरुद्धको भण्डाफोर कार्यक्रमको औचित्य पुष्टि हुन्छ र ? ‍‍‍‍कालिका कन्स्ट्रक्सन प्रालिका प्रमुख तथा सांसद विक्रम पाण्डेविरुद्ध सिक्टा सिँचाइ आयोजनामा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा सर्वाेच्च अदालतमा विचाराधिन छ । भ्रष्टाचारको आरोपित व्यक्तिलाई साथमा लिएर अध्यक्ष लिङ्देनले भ्रष्टाचार र बेथितिविरुद्ध भण्डाफोर कार्यक्रम गर्नु आन्तरिक शक्ति सन्तुलन मिलाउन कि आफ्नै संकल्प र अभियानबाट पछि हटेको संकेत हो ?
    यदी भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह हो भन्ने अध्यक्ष लिङ्देन किन भ्रष्टाचार आरोपी सांसद पाण्डेलाई भ्रष्टाचारकै अभियानमा साथमा लिएर हिँडेका छन् ? उनलाई के बाध्यता आइलागेको हो ? राप्रपाले शनिबार भ्रष्टाचार र बेथितिविरुद्धको कार्यक्रम गर्दै छ ।
    साथै काठमाडौँ, धनगढी, सुर्खेत र जनकपुरमा पनि भ्रष्टाचार र बेथितिविरुद्धको कार्यक्रम गर्न लागेको राप्रपाले भ्रष्टाचारको आरोप लागेका आफ्नै सांसद विक्रम पाण्डेलाई सहभागी गराएपछि कार्यक्रमप्रति नै प्रश्न उठेको हो । पाण्डेलाई कार्यक्रममा सहभागी गराउने कार्यप्रति बौद्धिक जमातले राम्रो मानेका छैनन् भने राप्रपाकै कार्यकर्ता पनि सन्तुष्ट छैनन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    ताजा अपडेट
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    आईजिपी दान बहादुर कार्कीको प्रयासपछि नेपाल प्रहरीको राशन स्केल बृद्धि
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.