• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

रोजिना भईन् पहिलो मिस ग्ल्याम

  •    हेल्लो टिभी नेपाल  /५ माघ २०७६, आईतवार १६:१० ,  प्रकाशीत
  • काठमाडौं । काठमाडौंमा भएको सौन्दर्य मिस ग्ल्याम नेपाल २०२०को उपाधि जनकपुरकी रोजिना बस्नेतले जितेकी छिन् । शनिबार काठमाडौंको ठमेल स्थित छायाँ सेन्टरमा भएको अन्तिम प्रतिस्पर्धामा रोजिनाले उपाधिसँग सँगै मिस मल्टिमिडिया र मिस बेष्ट वाकको उपाधिसमेत हात पारेकी छिन् । उनले १३ जनालाई पछि पार्दै उपाधि,क्राउन र नगत गिफ्ट समेत हात पारेकी हुन् ।

    प्रतियोगीतामा बर्दिबासकी रेनुका बोगटी फस्ट रनरअप र सेकेन्ड रनरअप सम्झना परियार भईन् । सम्झना र रेनुकाले मिस ग्ल्याम लुक्सको उपाधि तथा नगत पुरस्कारहरु समेत हात पारेका छन्,साथै ललितपुरकी रश्मि भण्डारीले पब्लिक चोईस अवार्ड जित्न सफल भएकी छिन् ।  कार्यक्रमको प्रमुख अतिथी रहेकी बसुन्धारा भुसालले सबै उपाधिहरु प्रधान गरेकी हुन् । यस्तै प्रतियोगितामा पोखराकी पूर्णिमा गुरुङले मिस ट्यालेन्ट र भ्युर्अस च्वाइसको उपाधि हात पारिन भने सुर्खेतकी लक्ष्मी चौधरीले अर्गेनाइजर च्वाइस, काठमाडौंकी स्मारिका शेरचनले मिस वेष्ट पर्सानालिटी, इलामकी विज्ञान सारु मगरले मिस कन्फिडेन्ट, सुर्खेतकी तुलसी पुलामी मगरले मिस बेष्ट हेयर र भक्तपुरकी प्रकृति अधिकारीले मिस डिसीपिलनीकोे उपाधि हात पार्न सफल भए ।

    प्रतिस्पर्धाको लागी निर्णयकमा सत्यकला राई, बुद्ध लामा, मिरुना मगर, निमा लामु शेर्पा तथा शशि शाहीको उपस्थित रहेको थियो । कार्यक्रममा सत्यकला राई र बुद्ध लामाको बेजोड साङगीतिक प्रस्त्ुती समेत रहेको थियो । साथै बुद्ध लामा कार्यक्रमको ब्रान्ड एम्बेस्टर समेत हुन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    ताजा अपडेट
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:
    पूर्व प्रहरी कर्मचारी परिषद् र केएमसीबीच सम्झौता

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.