हेल्लो टिभी नेपाल /२७ भाद्र २०८३, शनिबार १४:५९ , प्रकाशीत
काठमाडौं । कम्युनिष्ट नेता तथा समाजसेवी मनिकबहादुर लामा ब्लोन (माणिक लामा)को जीवन संघर्ष, राजनीतिक यात्रा तथा सामाजिक योगदान समेटिएको ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण गरिएको छ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङ, नेकपा एमालेका नेता गोकुल बाँस्कोटा, योगेश भट्टराई, पम्फा भुसाललगायत विभिन्न राजनीतिक दलका नेता तथा समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरूको उपस्थितिमा स्मृतिग्रन्थ लोकार्पण गरिएको हो।
वि.सं. २०१६ असार १९ गते काभ्रेको मादनकुँडारीमा जन्मिएका माणिक लामाको वि.सं. २०८२ भदौ १३ गते उपचारका क्रममा भारतमा निधन भएको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले नेपालको कम्युनिष्ट आन्दोलन, सामाजिक रूपान्तरण तथा राजनीतिक चेतनाको विकासमा उनले पुर्याएको योगदान अविस्मरणीय र अनुकरणीय रहेको चर्चा गरे।
सामाजिक, राजनीतिक, कूटनीतिक, विकासप्रेमी तथा क्रान्तिकारी व्यक्तित्वका रूपमा आफूलाई स्थापित गरेका लामाको जीवन, संघर्ष, विचार र योगदानलाई स्मृतिग्रन्थमा समेटिएको छ।
माणिक लामा प्रतिष्ठानले प्रकाशन गरेको उक्त ग्रन्थमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी तथा पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र झलनाथ खनालका शुभकामना सन्देशसमेत समावेश छन्। उनीहरूले आफ्ना सन्देशमा माणिक लामाले राजनीतिक तथा सामाजिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै उनको संघर्ष र विचार अनुकरणीय रहेको उल्लेख गरेका छन्।
राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले लामाले नेपालको कम्युनिष्ट आन्दोलनमा पुर्याएको योगदानको चर्चा गर्दै उनको विचार, नीति र राजनीतिक दृष्टिकोणलाई अनुशरण गर्न सकेमा मात्रै उनीप्रति सच्चा सम्मान हुने बताए।
माणिक लामा नेकपा एमालेकी नेतृ नविना लामाका पिता हुन्। नविनाले समेत स्मृतिग्रन्थमा आफ्ना पिता माणिक लामाको राजनीतिक संघर्ष, विचार र योगदानबारे चर्चा गरेकी छन्।
को थिए माणिक लामा ?
माणिक लामाले वि.सं. २०३७ सालमा कम्युनिष्ट आन्दोलनमा औपचारिक रूपमा पार्टी सदस्यता ग्रहण गर्दै आफ्नो राजनीतिक यात्रा अघि बढाएका थिए। तत्कालीन नेकपा (चौथो महाधिवेशन) का स्थानीय नेता श्याम श्रेष्ठको नेतृत्वमा उनलाई चौंरीदेउराली क्षेत्रको सुरक्षा सचिवको जिम्मेवारी दिइएको थियो।
त्यस समयदेखि नै उनले गाउँ–गाउँमा संगठन विस्तार, जनचेतना अभिवृद्धि तथा वामपन्थी आन्दोलनलाई सुदृढ बनाउने अभियानमा सक्रिय भूमिका निर्वाह गरेका थिए।
राजनीतिक यात्राका क्रममा उनले विभिन्न कठिनाइ र संघर्षको सामना गरे। रामेछाप, दोलखा, सिन्धुपाल्चोकको चौतारा तथा केन्द्रीय जेलमा गरी उनले करिब चार वर्ष जेलजीवन बिताएका थिए। जेलजीवनकै क्रममा केन्द्रीय जेलमा उनको केपी शर्मा ओलीसँग भेट भएको र उक्त भेटले उनको राजनीतिक दृष्टिकोणलाई थप परिपक्व बनाउन भूमिका खेलेको स्मृतिग्रन्थमा उल्लेख छ।
वि.सं. २०४८ सालको आमनिर्वाचनमा काभ्रे जिल्लाबाट कमानसिंह लामालगायत वामपन्थी उम्मेदवारहरूलाई विजयी गराउन उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। संगठन निर्माण, कार्यकर्ता प्रशिक्षण तथा जनसम्पर्कमार्फत उनी काभ्रेका स्थापित वामपन्थी नेताका रूपमा परिचित भएका थिए।
पार्टीभित्रको मूल्याङ्कन, अवसर वितरण तथा आन्तरिक विभेदका कारण उनले क्षेत्रीय सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएको उनकी छोरी नविनाले बताएकी छन्। व्यापक जनसमर्थन हुँदाहुँदै पनि उनी झिनो मतान्तरले पराजित भएका थिए।
त्यसपछि आफ्नो राजनीतिक संघर्षको उचित सम्मान नभएको महसुस गर्दै माणिक लामा नेकपा एमालेको मूलधारमा प्रवेश गरेका थिए। एमालेमा प्रवेश गरेपछि उनी निर्विरोध गाविस अध्यक्षसमेत निर्वाचित भएका थिए।
सत्रगाउँ, कात्तिके देउराली, भिर देउराली, तुसेनी शिवालय, बाँसखर्कलगायत क्षेत्रमा एमालेको बलियो संगठन निर्माण गर्न उनको महत्वपूर्ण भूमिका रहेको एमाले नेताहरूको स्मरण छ। विद्यादेवी भण्डारीलाई कोसीपारिको क्षेत्रमा संगठन विस्तार तथा राजनीतिक अभियान सञ्चालन गर्न सहयोग पुर्याउने कार्यमा पनि उनको महत्वपूर्ण योगदान रहेको बताइन्छ।
झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, विद्यादेवी भण्डारी, प्रदीप नेपाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, रूपनारायण श्रेष्ठलगायत नेताहरूसँग उनको निकट सम्बन्ध रहेको स्मृतिग्रन्थमा उल्लेख गरिएको छ।
महाकाली सन्धिका विषयमा उत्पन्न वैचारिक मतभेदपछि उनले एमाले छाडेर नेकपा (माले) तर्फको राजनीतिक यात्रा अघि बढाए। त्यसपछि राष्ट्रियता, परिवर्तन र जनपक्षीय राजनीतिलाई केन्द्रमा राख्दै उनी नेकपा (माओवादी) मा प्रवेश गरे।
माओवादीमा रहँदा जिल्ला सदस्य तथा ताम्सालिङ मोर्चाको नेतृत्व गर्दै संविधानसभा निर्वाचनमा पार्टीलाई विजयी गराउन उनले उल्लेखनीय योगदान पुर्याएको माओवादी नेताहरूको स्मरण छ।
पार्टी विभाजनपछि उनले मोहन वैद्य ‘किरण’ नेतृत्वको धार तथा वि.सं. २०७१ देखि २०७७ सालसम्म विप्लव नेतृत्वको राजनीतिक धारमा समेत काम गरेका थिए।
अन्ततः आफ्नै राजनीतिक विचार र लक्ष्यलाई अघि बढाउने उद्देश्यले उनले नेकपा (एकीकृत माओवादी) गठन गरी महासचिवको जिम्मेवारी सम्हालेका थिए। आफ्नै नेतृत्वमा संगठन विस्तार गर्दै उनले राजनीतिक तथा वैचारिक अभियानलाई निरन्तर अघि बढाए।
राष्ट्रियता, सामाजिक न्याय र परिवर्तनका पक्षमा उनी अन्तिम समयसम्म अडिग रहेको कार्यक्रममा सहभागी नेता तथा शुभेच्छुकहरूले स्मरण गरेका छन्। लामाको जीवन संघर्ष र राजनीतिक योगदानलाई आगामी पुस्ताका लागि प्रेरणाको स्रोत बनाउने उद्देश्यले स्मृतिग्रन्थ प्रकाशन गरिएको माणिक लामा प्रतिष्ठानले जनाएको छ।