हेल्लो टिभी नेपाल /५ माघ २०७६, आईतवार १६:१० , प्रकाशीत
काठमाडौं । काठमाडौंमा भएको सौन्दर्य मिस ग्ल्याम नेपाल २०२०को उपाधि जनकपुरकी रोजिना बस्नेतले जितेकी छिन् । शनिबार काठमाडौंको ठमेल स्थित छायाँ सेन्टरमा भएको अन्तिम प्रतिस्पर्धामा रोजिनाले उपाधिसँग सँगै मिस मल्टिमिडिया र मिस बेष्ट वाकको उपाधिसमेत हात पारेकी छिन् । उनले १३ जनालाई पछि पार्दै उपाधि,क्राउन र नगत गिफ्ट समेत हात पारेकी हुन् ।
प्रतियोगीतामा बर्दिबासकी रेनुका बोगटी फस्ट रनरअप र सेकेन्ड रनरअप सम्झना परियार भईन् । सम्झना र रेनुकाले मिस ग्ल्याम लुक्सको उपाधि तथा नगत पुरस्कारहरु समेत हात पारेका छन्,साथै ललितपुरकी रश्मि भण्डारीले पब्लिक चोईस अवार्ड जित्न सफल भएकी छिन् । कार्यक्रमको प्रमुख अतिथी रहेकी बसुन्धारा भुसालले सबै उपाधिहरु प्रधान गरेकी हुन् । यस्तै प्रतियोगितामा पोखराकी पूर्णिमा गुरुङले मिस ट्यालेन्ट र भ्युर्अस च्वाइसको उपाधि हात पारिन भने सुर्खेतकी लक्ष्मी चौधरीले अर्गेनाइजर च्वाइस, काठमाडौंकी स्मारिका शेरचनले मिस वेष्ट पर्सानालिटी, इलामकी विज्ञान सारु मगरले मिस कन्फिडेन्ट, सुर्खेतकी तुलसी पुलामी मगरले मिस बेष्ट हेयर र भक्तपुरकी प्रकृति अधिकारीले मिस डिसीपिलनीकोे उपाधि हात पार्न सफल भए ।
प्रतिस्पर्धाको लागी निर्णयकमा सत्यकला राई, बुद्ध लामा, मिरुना मगर, निमा लामु शेर्पा तथा शशि शाहीको उपस्थित रहेको थियो । कार्यक्रममा सत्यकला राई र बुद्ध लामाको बेजोड साङगीतिक प्रस्त्ुती समेत रहेको थियो । साथै बुद्ध लामा कार्यक्रमको ब्रान्ड एम्बेस्टर समेत हुन् ।