• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

लिपुलेक, कालापानी, लिम्पियाघुरा सहितको नेपालको नयाँ नक्सा बाहिरीयो । नेपाललाई माया गर्नेले सेयर गर्नुहोस

  •    हेल्लो टिभी नेपाल  /७ जेष्ठ २०७७, बुधबार १८:०६ ,  प्रकाशीत
  • काठमाडौं( भारतले अतिक्रमण गरेको लिम्पियाघुरा, लिपुलेक, कालापानीसहितको अध्यावधिक नेपालको नयाँ नक्सा सार्वजनिक भएको छ।बुधबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय आयोजित एक कार्यक्रममा भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले नेपालको नयाँ नक्सा सार्वजनिक गरेकी हुन्नयाँ नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानीसँगै गुञ्जी, नाबी र गुटी लगायतका क्षेत्रपनि समेटिएको मन्त्री अर्यालले बताइन । राष्ट्रियता र सम्प्रभुताको रक्षाका लागि नेपाल सरकार प्रतिवद्ध रहेको उल्लेख गर्दै मन्त्री अर्यालले नेपालको सो कदमलाई भारतले पनि सकारात्मक रुपमा लिने विश्वास व्यक्त गरिन । नेपालसँग उपलब्ध प्रमाण र तथ्यले देखाएको बाटोमा सधै अगाडी बढ्ने उनलेब ताइन ।

    नेपालको सम्पूर्ण भूमि समेटिएको नक्सा सार्वजनिक हुनु सिंगो नेपालीहरुका लागि ऐतिहासिक सुखद क्षण भएको उनले बताइन । नक्सा सार्वजनिक कार्यक्रममा मन्त्री अर्यालले नयाँ नक्सा सार्वजनिक भएपछि विश्वमा नेपालको माननित्र, नेपालीको मान र नेपालीको मन बदलिएको समेत बताइन सार्वजनिक गरिएको राजनीति तथा प्रशासनिक नक्सामा ७ सय ५३ वटा स्थानीय तह, सातवटा प्रदेश र अन्तर्राष्ट्रिय सीमानाहरु पनि समेटिएका छन् । सरकारले नेपाल र नेपालीको सिर झुक्न नदिने उल्लेख गर्दै नक्सा प्रयोग हुने सम्पूर्ण सरकारी दस्तावेज र पाठ्यपुस्तकमा नयाँ नक्सा प्रयोग गर्न पनि मन्त्री अर्यालले आग्रह गरेकी छन् ।गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रस्तुत गरेको नक्सा स्वीकृति गरेको थियो।रकारले स्वीकृत गरेको नक्सा मंगलबार मुख्यसचिव लोकदर्शन रेग्मीले प्रमाणीकरण गरेका थिए।

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदार न्यौपानेको प्रस्तावअनुसार मुख्य सचिव रेग्मीले नयाँ नक्सा प्रमाणीकरण गरेका हुन्।नेपालले सार्वजनिक गर्न लागेको लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्र भारतको अतिक्रमण रहेको छ।दुई साताअघि भारतले अतिक्रमित क्षेत्रमा निर्माण गरेको भू(भागको निर्माण गरेको सडकमा रक्षामन्त्री राजनाथ सिंहले उद्घाटन गरेका थिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.