• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:

  •    हेल्लो टिभी नेपाल  /११ भाद्र २०८३, बिहीबार १८:२२ ,  प्रकाशीत
  • हरितालिका तीजलाई लक्षित गर्दै गायिका शान्तिश्रीस मगरको नयाँ तीज गीत ‘लाहुरेनीलाई मस्ती’ सार्वजनिक भएको छ। आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीत शान्तिश्रीस मगर आफैंले निर्माण गरेकी हुन्।सुरेश राना मगरको शब्द तथा लयमा तयार भएको गीतमा शान्तिश्रीस मगर र शान्ता रानी परियारको स्वर रहेको छ। लामो समयपछि छुट्टीमा लाहुरे घर फर्किएपछि श्रीमती अर्थात् लाहुरेनीमा देखिने खुसी, उत्साह र चञ्चलतालाई गीतको मुख्य विषय बनाइएको छ।

    गीतको भिडियो विजय पुनले निर्देशन गरेका हुन्। भिडियोमा विजय पुन, सजना गुरुङ, चाहना राना मगर र अनुप बुध मगरले अभिनय गरेका छन्। परदेशमा रहेका श्रीमान् लामो समयपछि घर फर्किएपछि परिवारमा देखिने खुसी र रमाइलो क्षणलाई भिडियोमा तीजको परिवेशसँग जोडेर प्रस्तुत गरिएको छ।

    मौलिक तीजको स्वाद र मनोरञ्जनात्मक प्रस्तुतिलाई प्राथमिकता दिइएको गीतमा लाहुरे परिवारको सामाजिक तथा पारिवारिक परिवेशलाई समेत चित्रण गरिएको छ। पछिल्लो समय तीज गीतमा मौलिकता र स्थानीय परिवेशलाई जोड्ने क्रम बढिरहेका बेला ‘लाहुरेनीलाई मस्ती’ पनि सोही धारमा प्रस्तुत गरिएको छ।

    शान्तिश्रीस मगरको आफ्नै च्यानलबाट सार्वजनिक भएको गीतले तीजको अवसरमा दर्शक–श्रोतामाझ राम्रो प्रभाव पार्ने अपेक्षा गरिएको छ।

    हेर्नुस होस् गित‘‘‘।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पूर्व प्रहरी कर्मचारी परिषद् र केएमसीबीच सम्झौता
    कोटीहोमका संकल्पकर्ता विजय कृष्ण मूर्ति महाराजद्वारा संयमता र सामाजिक सद्भाव कायम गर्न अपिल
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    ताजा अपडेट
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:
    पूर्व प्रहरी कर्मचारी परिषद् र केएमसीबीच सम्झौता
    कोटीहोमका संकल्पकर्ता विजय कृष्ण मूर्ति महाराजद्वारा संयमता र सामाजिक सद्भाव कायम गर्न अपिल
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.