• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

नेपालको सामान्य युवाले भारतको मुम्बईमा मच्चाए हंगामा, नेपालीहरुको साथ नहुदा तनाबमा

  •    हेल्लो टिभी नेपाल  /५ असार २०८०, मंगलवार २०:४५ ,  प्रकाशीत
  • भारतीय टेलिभिजन च्यानल ‘सोनी’मा जारी रियालिटी शो ‘इण्डियाज् बेस्ट डान्स’मा एक जना प्रतिस्पर्धी आफ्नो मासुम अनुहार र मुस्कानका कारण चर्चामा छन्। उनलाई रियालिटी शोका जर्ज र प्रतिस्पर्धीले मात्रै नभएर भारतभरिका दर्शकले समेत रुचाएका छन्।

    नेपालमा पनि टिकटक, फेसबुकमा धेरै पटक देखिने त्यो सोझो अनुहार भएका युवकलाई कतिपय मानिसले दार्जीलिङ अथवा सिक्किमको हो भन्छन तर ती युवक चितवनस्थित माधवपुर टाडीका २० वर्षीय समर्पण लामा हुन्।

    उनी लाखौँ प्रतिस्पर्धीहरुलाई उछिन्दै ‘इण्डियाज् बेस्ट डान्स’ तेस्रो सिजनको टप टेनसम्म पुग्न सफल भएका छन्। भारतको सबैभन्दा ठुलो रियालिटी शो सोनी टिलिभिजनबाट प्रसारण भइरहेको छ।

    मुम्बईको फिल्मसिटीमा भएको मेगा अडिसनका लागि समर्पण आइबिडीका लागि साथीसँग नेपालगञ्ज हुँदै भारत पुगेका हुन्। चितवनबाट आमासँग बाटो खर्च मागेर मुम्बई जान नेपालगञ्ज पुगेका उनको होटलमा बस्दा मोबाइल हराएको थियो। त्यसपश्चात मुम्बईमा भेट्नु पर्ने मान्छेको नम्बर र ठेगाना हराएपछि तनावमा पुगेको र बाटोमा सँगैका साथीको मोइबालबाट सम्पर्क गर्दै मुम्बई पुगेको उनले बताएका छन्।

    सानैदेखि डान्स (नृत्य) गर्न मन पराउने उनको बानी देखेर उनी आमा सुधा विष्ट निक्कै चिन्तित हुन्थिन्। चितवनस्थित अन्नपूर्ण स्कुलबाट एसईईमा एप्लस मार्क्स ल्याएर उत्तीर्ण भएका समर्पणले जनजागृती कलेजबाट कक्षा १२ विज्ञान विषयमा पास गरेका छन्। पढाइ राम्रो हुँदाहुँदै पनि उनमा बच्चैदेखिको नाच्ने चाहनालाई कसैले रोक्न सकेन। अन्तत: उनी नाच्नकै लागि मुम्बईसम्म पुगे। उनलाई मुम्बई जाने बेला आमा सुधाले ३०,००० (तिस हजार) रुपैयाँ बाटो खर्च दिएर पठाएकी थिइन्।

    समर्पण लामाका बुबा धिरेन लामाले १८ वर्षदेखि खाडीमा काम गर्दै आइरहेका छन्। मध्यम परिवारका समर्पणको नृत्यप्रतिको समर्पण बुझिनसक्नु छ। अहिले मुम्बईमा दैनिक ८ घण्टा रिहर्सलमा व्यस्त उनलाई फुर्सद हुँदैन तैपनि साँझ आमा सुधालाई एक पटक भए पनि भिडियो कल गर्छन्।

    विदेश जानको लागि आयल्स गर्न भनेर कर गरे पनि समर्पणले अटेरी गरेर नृत्यमा लागेको उनी आमा विष्ट बताउँछिन्।

    रियालिटी शोमा समर्पणको यो पहिलो सहभागीता हो, पहिलो प्रयासमै उत्कृष्ट १० मा पर्न सफल उनी आइबिडीको स्टेजमा नाच्दा र उक्लिँदा बिस्तारै बिरालोको चालमा जान्छन् तर नृत्य गर्न थालेपछि बाघको रुप देखाउँछन्।

    उनको यो यात्रामा रियालिटी शोमा आएका गेष्टहरुमध्ये रेमो डिसुजाले समर्पणको नृत्यमा खुट्टाको जादु देखेर स्टेजमै आएर आफ्नो जुता फुकालेर लगाइदिएको दृश्य हेर्न लायक छ। यो समर्पणको नृत्यप्रतिको सम्मान हो, जसमा हरेक एपिसोडमा स्टेन्ड अडिसन पाउँछन्।

    समर्पण भन्छन्,–‘चर्चित कोरियोग्राफर रेमो डिसुजाबाट प्राप्त यो जुत्ता लाइफटाइम (जीवनभर) सजाएर राख्नेछु।’ उनले आफूलाई यहाँसम्म आउन साथ दिने धनगढीका साथी अमित महरालाई हृदयदेखि नै धन्यवाद दिए। त्यस्तै उनी आफ्ना मावली पट्टीकी सानीआमा उषालाई पनि सम्झिन्छन्।

    ‘इन्डियाज् बेस्ट डान्स’ सिजन– ३ मा भारतका चर्चित जर्जहरु नायिका सोनाली बेन्द्रे, कोरियोग्राफर टेरेन्स र अर्की कोरियोग्राफर गीतामाको नामले चिनिने गीता कपुर छन्।

    भिडियो कलमा कुरा गर्दै एकपटक साँझ ८ बजेदेखि बिहान ८ बजेसम्म रिहर्सल गरेको बताउने समर्पण आगामी दिनप्रति निकै आसावादी देखिन्छन्। स्टेजमा नाच्दैगर्दा उनको प्रतिभा देखेर स्टेजमै गएर जर्ज टेरेन्सले सुनको रिङ र चेन गाला हालिदिएका थिए।

    उनले एक महिना अगाडि एक साताका लागि घर आउँदा आमालाई उक्त रिङ र चेन दिएका छन्। छोराले आफूलाई रिङ र चेन दिँदा गहभरि खुसीको आँसु झारेको आमा सुधा बताउँछिन्।

    पहिले ‘किन नाच्नु पर्‍यो ?’ भन्ने आमा आज भने नृत्यमा छोराले गर्दै गरेको प्रयासले खुसी छिन्। र त भन्छिन्, ‘हरेक आमा–बुबाले आफ्ना सन्तानले पढेर डाक्टर इन्जिनियर बनेको देख्न चाहनु स्वभाभिक हो तर सन्तानले के चाहन्छन त्यो बुझ्न नसक्नु हाम्रो कमजोरी हुँदो रहेछ।’ छोराको प्रगती देख्दा मनमा आशा जागेको उनी बताउँछिन्। आफ्ना श्रीमान खाडीमा काम गरिरहेको कुरा सुनाउँदै विष्टले आमा–बुबाको खुसी बनाउको लागि समर्पण जन्मिएको सुनाउँछिन्।

    नेपालमा समर्पणको नृत्य टिकटक र युट्युबमा जति चर्चा भए पनि आफ्नो छोराको बारेमा अहिलेसम्म कुनै मिडियासँग नभेटेको उनी बताउँछिन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    ताजा अपडेट
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    आईजिपी दान बहादुर कार्कीको प्रयासपछि नेपाल प्रहरीको राशन स्केल बृद्धि
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.