हेल्लो टिभी नेपाल /३० असार २०७७, मंगलवार २२:५६ , प्रकाशीत
काठमाडौं – लकडाउनका बितेका तीन महिनालाई साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ले मज्जैले सदुपयोग गरेछन् ।उनले कोरोना भाइरसकै बारेमा एउटा उपन्यास तयार गरेका छन् ।‘प्रेमको भाइरस’ नाम रहेको उपन्यास तयार गरेपछि सुरेन्द्रले भने( ‘कोरोना कहरमा कोरोनाकै उपन्यास लेख्न पाउँदा रोमाञ्चित भइयो ।’लकडाउनका बेला अडियो एवं डिजीटल माध्यमबाट सार्वजनिक गर्ने तयारीमा रहेका सुरेन्द्रको ‘प्रेमको भाइरस’मा भाइरसको महामारी र त्यस क्रममा भएको जुनी जुनीसम्मको प्रेमको कथा बुनिएको छ ।एक सय पैतीस वर्षअघि काठमाडौंमा फैलिएको हैजाको महामारीका क्रममा रमेशकी प्रेमीका नानीमैयाँको निधन हुन्छ ।जब नेपाललगायत विश्वमा कोरोना भइरसको महामारी फैलिन्छ, तब पूर्वजन्मका रमेशले अमरका रुपमा पुनर्जन्म लिएका हुन्छन् र सपनामा नानीमैयाँको सन्देश आउन थाल्छ ।सम्मोहन प्रकृयाबाट अमरमा पूर्वजन्मको स्मृति जागृत हुन्छ ।घटनाक्रम यसरी विकसीत हुन्छ कि अमर अन्ततः कोरोना भाइरस संक्रमितहरुको राहत र उद्धारमा जुटन प्रेरीत हुन्छन् ।पूर्वजन्म, पुनर्जन्म र विश्वमा फैलिएका फैलीएका अनेकौं महामारीको विस्तृत चर्चा गरिएको उपन्यास ‘प्रेमको भाइरस’ले विश्व भातृत्व, प्रेम र सदभावको सन्देश दिएको छ ।‘लकडाउन कसरी बिताउँ भन्ने लागिरहेको थियो, उपन्यासको प्लट फुरीहाल्यो, अनि लेख्न बसें’, हालसम्म दर्जनौं कृति पाठकमाझ ल्याइसकेका सुरेन्द्रले भने( ‘प्रेमको भाइरस यस्तो हुन्छ जुन एक जुनीबाट अर्को जुनीसम्म संक्रमण हुन्छ भन्ने उपन्यासको मुख्य प्लट हो ।’
यसअघि सुरेन्द्रका ‘अनुश्का’, ‘मिस्ड कल’ र ‘अदभूत’जस्ता उपन्यास पाठकमाझ आइसकेका छन्, जसको अडियो भर्सन यूटयूबमा सुन्न सकिन्छ ।गीत, हाइकू, तान्का, गीती नाटक, मुक्तक, लघुकथा र चित्रकला विधामा समेत आफ्नो कला पस्कीसकेका सुरेन्द्र हरेक वर्ष कुनै न कुनै कृति सार्वजनिक गर्ने व्यस्त सर्जक पनि हुन् ।अभियनमा समेत सहभागी हुँदै आएका सुरेन्द्रको बहुमुखी प्रतिभाको कदर गर्दै दर्जनौं संस्थाले पुरस्कार तथा सम्मान पनि दिएका छन् ।काठमाडौं, पुतलीसडकका रैथाने सुरेन्द्रले सानैदेखि लेख्न थालेका हुन् ।लेखनमा रस बस्दै गएपछि उनले साहित्यका धेरै विधामा हात हाले ।उनका गीतले विभिन्न म्युजिक अवार्ड पनि पाएका छन् ।यसमा गायिका मेलिना राईले गाएको ‘मभन्दा नी धेरै राम्रो’ गीत भाइरल नै भएको छ ।‘प्रेमको भाइरस’ उनको पछिल्लो कृति हो ।