तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
तपाईको प्रतिक्रिया





काठमाडौं । तीज पर्वको अवसर पारेर आयोजना गरिएको ‘म्युजिक खबर तीज म्युजिक अवार्ड’को पाँचौँ संस्करण भव्य रूपमा सम्पन्न भएको छ। काठमाडौंको बानेश्वरस्थित क्रिस्टल पार्टी भेन्युमा आयोजित समारोहमा नेपाली सांगीतिक तथा कला क्षेत्रमा योगदान पुर्याएका कलाकार, स्रष्टा र विभिन्न क्षेत्रमा सक्रिय महिलालाई सम्मान तथा अवार्ड प्रदान गरिएको हो।समारोहमा पुरुषतर्फको उत्कृष्ट तीज गीत भिडियो मोडलको अवार्ड भुवन के. पोखरेलले प्राप्त गरेका छन्। त्यस्तै, महिलातर्फ नारायणी खत्री उत्कृष्ट घोषित भइन्। भुवनको अभिनय रहेको तीज गीतको भिडियो पनि उत्कृष्ट भिडियोको रूपमा छनोट भएको आयोजकले जनाएको छ।
समारोहमा गायिका यशोदा पराजुली र टिका पुनलाई ‘आर्टिस्ट अफ नेपाल नारी रत्न सम्मान’ प्रदान गरिएको थियो। गायिका कमला रिसाललाई ‘आर्टिस्ट अफ नेपाल साहित्य सम्मान’, अभिनेत्री न्यान्सी खड्कालाई ‘आर्टिस्ट अफ नेपाल चलचित्रकर्मी सम्मान’ तथा सोझना लोहोरलाई ‘आर्टिस्ट अफ नेपाल कला पत्रकारिता सम्मान’बाट सम्मानित गरियो।त्यस्तै, चर्चित फेसन डिजाइनर काजल शर्मा ‘आर्टिस्ट अफ नेपाल फेसन सम्मान’, शीतल शर्मा र अनिता कुँवर ‘आर्टिस्ट अफ नेपाल राष्ट्रिय गायन सम्मान’बाट सम्मानित भए।सृष्टि घिमिरेलाई ‘आर्टिस्ट अफ नेपाल कोरियोग्राफी सम्मान’, अभिनेत्री तथा पर्वतारोही छिरिङ शेर्पालाई ‘आर्टिस्ट अफ नेपाल कला सम्मान’, जयन्ता अधिकारीलाई ‘आर्टिस्ट अफ नेपाल सम्मान’ तथा अञ्जु परिवारलाई ‘आर्टिस्ट अफ नेपाल सामाजिक सेवा सम्मान’ प्रदान गरिएको थियो। कानुनविद् कमला वलीलाई ‘आर्टिस्ट अफ नेपाल राष्ट्रिय सेवा सम्मान’ प्रदान गरिएको आयोजकले जनाएको छ।विभिन्न विधामा कलाकार सम्मानित
कार्यक्रममा तीज गीत तथा भिडियोका विभिन्न विधामा उत्कृष्ट ठहरिएका कलाकार तथा स्रष्टालाई अवार्ड प्रदान गरिएको थियो।उत्कृष्ट तीज गीतको संगीत संयोजनतर्फ कृष्ण केसी, उत्कृष्ट कोरियोग्राफरतर्फ जेरी भण्डारी तथा उत्कृष्ट तीज गीत भिडियो मोडलतर्फ पुरुषमा भुवन के. पोखरेल र महिलामा नारायणी खत्रीले अवार्ड हात पारे।उत्कृष्ट तीज गीत भिडियोतर्फ ‘कर्णाली सेल’को गीतबाट नारायणी खत्री उत्कृष्ट घोषित भइन् भने पुरुषतर्फ भुवन के. पोखरेलको अभिनय रहेको गीत उत्कृष्ट घोषित भयो।
उत्कृष्ट तीज गीत संयुक्त मोडलतर्फ झरना रिसाल र दिप्ती कार्कीले अवार्ड प्राप्त गरे। बुलेट बाइक विधाको अवार्ड पूर्णिमा आचार्यले जितिन्। उत्कृष्ट तीज गीत भिडियो निर्देशकतर्फ निशान बानियाँ, छायांकनतर्फ देवराज आचार्य तथा कोरियोग्राफीतर्फ जेरी भण्डारी उत्कृष्ट घोषित भए।
उत्कृष्ट तीज गीत संयुक्त गायनतर्फ रिता बुढाथोकी र समीक्षा अधिकारीले अवार्ड प्राप्त गरे।
उत्कृष्ट तीज दोहोरी शब्दतर्फ कृष्ण लामिछाने, उत्कृष्ट मौलिक तीज गीततर्फ सरिता घिमिरेको ‘नाचौँ न छमछमी’ तथा विपिन किरणको ‘नाच छमछम’ले अवार्ड हात पारे।
उत्कृष्ट तीज गीत गायिकातर्फ चाँदनी शाही विजेता बनिन्। उत्कृष्ट तीज दोहोरी गीतकारतर्फ डा. अनिता रञ्जितकारले ‘नाचौँ न संगिनी’ गीतबाट अवार्ड प्राप्त गरिन् भने ‘छक्कै पर्यो’ गीतबाट शारदादेवी अधिकारीले जुरी अवार्ड हात पारिन्।
‘चट्टै परेर’ गीतबाट पियुष मलाहाले उत्कृष्ट तीज गीत पियानोवादकको अवार्ड प्राप्त गरे। ‘छेक्यो बरै बादलुले’ गीतबाट हमाल म्युजिक कम्पनी उत्कृष्ट म्युजिक कम्पनी घोषित भयो भने ‘नौरती फूली’ गीतबाट दीपक शर्मा लोकप्रिय संगीतकार बन्न सफल भए।
उत्कृष्ट जुरी अवार्डतर्फ मौलिक तीज गीत ‘कमैकोटी छ’बाट सुनील केसी तथा ‘चरी भएँ त’बाट राधा हमालले अवार्ड प्राप्त गरे।
‘कमैकोटी छ’ गीतबाट कृष्ण केसीले उत्कृष्ट तीज गीत शब्दको अवार्ड प्राप्त गरे। ‘चरी भएँ त’बाट राधा हमालले उत्कृष्ट तीज दोहोरी गायिकाको अवार्ड हात पारिन् भने ‘नाचौँ न छमछमी’बाट विपिन आचार्यले उत्कृष्ट म्युजिक एरेन्जरको अवार्ड पाए।
आशा बुढालाई पब्लिक च्वाइस अवार्ड
उत्कृष्ट तीज गीत ‘चरी भएँ त’बाट आशा बुढाले ‘पब्लिक च्वाइस अवार्ड’ प्राप्त गरिन्। उत्कृष्ट इन्स्ट्रुमेन्टल संगीतकारतर्फ ‘रिमझिमै घुमौँला फिरौँला’ गीतबाट रमेशराज भण्डारीले अवार्ड हात पारे।
कार्यक्रमको सञ्चालन सेसेमी लिम्बूले गरेकी थिइन्। वरिष्ठ गायिका मीरा राणाको प्रमुख आतिथ्य तथा अवार्ड आयोजक समितिकी अध्यक्ष सबिता पोखरेलको सभापतित्वमा समारोह सम्पन्न भएको थियो।समारोहमा वरिष्ठ कलाकार मोहन निरौला, मदनदास श्रेष्ठ, गीतकार संघ नेपालका अध्यक्ष बसन्त बित्यासीलगायत कलाकार, संगीतकर्मी, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो। कार्यक्रममा गायिका प्रीति आले र गायक खुमन अधिकारीले सांगीतिक प्रस्तुति दिएका थिए।आयोजकका अनुसार तीजको मौलिकता, सांस्कृतिक परम्परा तथा नेपाली संगीतको प्रवर्द्धन गर्ने उद्देश्यले अवार्ड आयोजना गरिएको हो।
