दीपाश्रीलाई माफी दिन राजेशले आफ्ना फ्यानलाई गरे आग्रह, भए राजेश भावुक भिडियो
तपाईको प्रतिक्रिया





काठमाडौं । महानायक राजेश हमालले आफ्ना फ्यानहरुलाई कलाकार दीपाश्री निरौलालाई माफी दिनका लागि आग्रह गरेका छन् । गएराती एक भिडियो नै सार्वजनिक गर्दै महानायक हमालले भनेका छन्–‘मेरो अनुरोध छ कि, यो राष्ट्रको सिने क्षेत्रका लागि, कला क्षेत्रका लागि, मानवताका लागि अत्यन्तै सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई माफि दिनुहोला ।’
करिब ९ मिनेट लामो भिडियोमा हमालले कला क्षेत्र दर्शकको पनि भएको भन्दै आफूहरु मैदानमा उत्रिएको सुनाए ।
हमालले अगाडी भने ‘दर्शकहरुलाई म हृदयदेखि नै अनुरोध गर्न चाहन्छु, कि अली फराकिलो भएर वृहत्त चित्रलाई मनन गरेर सकारात्मक हिसाबबाट मानवताको लागि कसैको मानवताको आँच नपुग्ने गरि अभिव्यक्ति प्रकट गरौ ।’ हेर्नुहोस् भिडियो