• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

मुद्दा हाल्ने भुवन केसीलाई साम्राज्ञीको जवाफ ‘मैले साँचो बोलेकी छु,

  •    हेल्लो टिभी नेपाल  /१५ श्रावण २०७७, बिहीबार २१:५४ ,  प्रकाशीत
  • काठमाडौं । सामाजिक सञ्जालमा चलिरहेको अभिनेता भुवन केसी र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको विवाह अहिले अदालतमा पुगेको छ । भुवनले साम्राज्ञी विरुद्ध १० करोड क्षतीपुर्ती माग दावी गर्दै आफ्नो मानहानी भएको आरोप सहित मु द्दा दर्ता गराएका छन् । गत साता अभिनेता भुवन केसी मु द्दा दर्ता गराएका हुन् । साम्राज्ञी भने यतिन्जेल चुप वसेकी थिइन् । भुवनले मु द्दा दर्ता गराएपछि साम्राज्ञीले पहिलो पटक यसवारे प्रतिकृया सार्वजनिक गरेकी छन् ।

    उनले आफुले भोगेको कुरा बोलेको हुँदा १० करोडकै माग सहित मु द्दा दर्ता गरे पनि आफु नडराउने बताएकी छन् । साम्राज्ञीले आफु माथि दु ब्र्य वहार भएको भन्दै सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी थिइन् । उनले आफ्नो ब्यक्तिगत रुपमा प्रयोग गर्ने सामाजिक सञ्जाल फेसवुक मार्फत भिडियो सार्वजनिक गर्दै आफुले भोगेको दु ब्र्य वहारका बारेमा बोलेकी थिइन् । त्यसपछि भुवन र साम्राज्ञीबीच सामाजिक सञ्जालमै आरोप प्रत्यारोप चलेको थियो ।

    साम्राज्ञी आफ्नै ह्याण्डलवाट आफ्ना कुरा राख्दै आइन् भने भुवनले विभिन्न पत्रपत्रिका, अनलाइन र युट्युब च्यानल मार्फत त्यसको खण्डन गर्दै गएका थिए । भुवनले चलचित्र कलाकार संघमा पनि छानविनका लागि उजुरी दिएका थिए । तर त्यसवाट समाधान हुन नसकेपछि उनी अदालत पुगेका हुन् । भुवन केसीले जिल्ला अदालत काठमाडौंमा मु द्दा दर्ता गरेका थिए।

    साम्राज्ञी भने मु द्दै परे पनि आफूले काम गर्दा भोग्नुपरेका दुुर्व्युवहारबारे बोलेर गल्ती नगरेको र आफू कत्ति नडराएको प्रतिकृया दिएकी छन् । एक अनलाईन संग कुरा गर्दै उनले भनिन्, ‘आफू काम गर्न जाने ठाउँमा सहज वातावरण होस् भन्ने सबैको अपेक्षा हुन्छ। मलाई भने डेब्यु फिल्मको सेटमै निर्मातामध्ये एक भुवन केसीले गर्ने व्यवहारले असहज बनाएको थियो। आफूले भोगेका दु र्व्य वहार र असहज परिस्थितिबारे बोलेर मैले गल्ती गरेकी छैन, १० करोडकै मु द्दा दिनुभएको छ। तर म डराउँदिनँ। केही समयअघि सामाजिक सञ्जाल ‘इन्स्टाग्रामु मा भिडिओ पोस्ट गर्दै उनले आफूले काम गरेका आठ फिल्ममध्ये तीन वटामा नराम्रो अनुभव भोग्नुपरेको बताएकी थिइन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.