• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

भगवान शिवको चमत्कारी शिवलिङ्गको दर्शन गरी,वि.सं.२०७७ साउन १९ गते सोमवारको राशिफल हेर्नुहोस्

  •    हेल्लो टिभी नेपाल  /१८ श्रावण २०७७, आईतवार २२:३५ ,  प्रकाशीत
  • वि.सं. २०७७ साउन- १९,सोमवार,ई.सं. २०२० अगष्ट- ३, शक संवत्-१९४२,नेपाल संवत्-११४० गुँलाथ्व,प्रमादी,दक्षिणायन,वर्षा,श्रावण शुक्लपक्ष तिथि-पूर्णिमा , २०:३६ बजे उप्रान्त प्रतिपदा,नक्षत्र-उत्तराषाढा , ०७:३९ बजे उप्रान्त श्रवण,योग-प्रीति , ०७:५५ बजे उप्रान्त आयुष्मान्, करण-भद्रा ०८:४० बजेदेखि वव , २०:३६ बजे उप्रान्त तैतिल,चन्द्रराशि-मकर,आनन्दादि योग-काण,सूर्योदय-५:२९, सूर्यास्त- १८:५०, दिनमान-३३ घडी २२ पला, व्रत/पर्व -पूर्णिमा व्रत, जनै पूर्णिमा, ऋषितर्पणी, रक्षाबन्धन, पशुपतिनाथ, कुम्भेश्वर, गोसाइँकुण्ड, दुधकुण्ड, धनुषसागर, त्रिवेणी आदि तीर्थहरूमा धार्मिक मेला,डडेलधुरामा भागेश्वर जाँत, मुक्तिनाथ यार्तोङ, मानस व्रत समाप्ति, संस्कृत दिवस,हयग्रीवोत्पत्ति, सर्वार्थसिद्धि योग ८:४० बजेदेखि, श्रीप्राणनाथ–छत्रशाल मिलाप। व्याजाँनके, गुँपुन्ही।

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,सवारी साधन चलाउँदा संयमित रहनुहोला,शारीरिक चोटपटकको योग देखिएकाले सजग रहनुहोला, आजको शुभ अंक २ रहेको छ ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – भाग्यले साथ दिनेछ,कमजोरीको फाइदा लिनेहरू सक्रिय रहने विश्वासघात हुन सक्छ,घरायसी व्यवहारबाट टाढै रहँदा करियर बनाउन सहज हुनेछ,आजको शुभ अंक ८ रहेको छ ।

    मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – विशिष्ट नयाँ काम गर्ने मौका छ,प्रेममा खटपट हुनेर पति–पत्नीबीचमा मतभेद हुने सम्भावना भएकोले थोरै बोल्नुहोला, किनमेल गर्दा सजग रहनु होला,आजको शुभ अंक ३ रहेको छ ।

    कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – व्यावसायिक काममा खर्च बढ्नेछ,झुटा आरोप पनि लाग्नेछन्,नगद सापटी लिएका साथीहरूले समयमै ऋण नतिर्दा आर्थिक झन्झट आइलाग्न सक्छ,आजको शुभ अंक ७ रहेको छ ।

    सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – मर्यादा पालन नगर्दा अफिसियल कार्यमा अवरोध सिर्जना हुनसक्छ,साहसी काम गरेर अरूको परिवारको मन जित्न सकिनेछ, मानसम्मान मिल्नेछ ,आजको शुभ अंक ९ रहेको छ ।

    कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– विपरीत लिंगी साथीले नयाँ उपलब्धि हात पार्दा हर्षित भइनेछ,रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ , खानपिनमा सजग रहनु होला,आजको शुभ अंक ५ रहेको छ ।

    तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) – संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ,पढाई,लेखाई एवं प्रतिभाका कार्यमा सफलता मिल्ने छ,विश्वास जित्नै अघि बढ्न सकिने छ, आजको शुभ अंक ४ रहेको छ ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– गुमेको विश्वास फर्कने वातावरण पनि मिल्नेछ,अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ,अलंकार आदि उपहार पाइने योग छ, आजको शुभ अंक ७ रहेको छ ।

    धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– नाक तथा घाँटीमा समस्या आउला ,सामानहरू छुट्ने/हराउने सम्भावना छ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ, आजको शुभ अंक १० रहेको छ ।

    मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – अप्रिय समाचारले दुःखी बनाउन सक्छ,पति–पत्नीबीच मतभेद र प्रेममा खटपट हुन सक्ने भएकोले संयम हुनुहोला, बाध्यतापूर्ण काममै समय बित्न सक्छ,आजको शुभ अंक ४ रहेको छ ।

    कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– सुरक्षाकर्मी बाट अपमानित हुनुपर्ला,चियोचर्चाे गर्नेहरूसँग सावधानी अपनाउनुपर्ने समय छ,प्रशंसा गर्नेहरू भित्रभित्रै आलोचना गर्न थाल्नेछन्, आजको शुभ अंक ६ रहेको छ ।

    मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – अधुरा काम सम्पादन गर्न सकिनेछ,बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ,आफन्त बीच अविश्वास बढ्ला, आजको शुभ अंक १ रहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.