सिन्धुपाल्चोकमा पहिरोले घर पुरिँदा श्रीमान श्रीमतीको नि धन, कामदार बसेको घर पुरिँदा आठ जना बे पत्ता
तपाईको प्रतिक्रिया





सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा पहिरोले घर पुरिँदा श्रीमात – श्रीमतको मृ त्यु भएको छ । अविरल वर्षापछिको पहिरोले घर पुरिँदा वडा नम्बर २ गाङखोरका वर्ष ४९ का यज्ञबहादुर क्षेत्री र उनकी श्रीमती ४८ वर्षीया लक्ष्मी सिलवाल क्षेत्रीको मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेका अनुसार राति सुतिरहेका बेला घर माथिबाट आएको पहिरोमा उनीहरु पुरिएका हुन् । गए रातिको अविरल वर्षाले पहिरो जाँदा मेलम्ची–११ मेलम्ची बजारमा आठ जना बेपत्ता भएका छन् ।
कभर्डहल निर्माण गर्ने कामदार बसेको घर पहिरोले पुरिँदा आठ जना बेपत्ता भएका र एक जनाको उद्घार जारी रहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बेपत्ताको खोजी जारी राखेका छन् । पहिरो आज विहान २ बजे गएको थियो । निर्माणाधीन कभर्डहल प्रदेश सरकारको सहयोगमा बन्न लागेको हो ।