• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

कपनमा बालिका फ्याँकिएको खबर झुटो, पैसा कमाउन रचिएको नाटक !

  •    हेल्लो टिभी नेपाल  /२० श्रावण २०७७, मंगलवार १२:४५ ,  प्रकाशीत
  • काठमाडौं। अहिले काठमाडौंको कपनमा कार्टुनमा शिशु फालिएको समाचार निकै चर्चामा छ । गएको साउन १२ गते कपनमा कार्टुनमा बेवारिसे अवस्थामा बालिका भेटिएको भनिएको खबर गलत भएको पुष्टि भएको छ ।

    उक्त घटना आमाले नै पैसा कमाउने लोभमा शिशुलाई कार्टुनमा राखेको खुलेको हो । विदेशबाट आएकी एक महिलाले बालगृहकी सञ्चालिका पुष्पा अधिकारीकै योजनामा चौरमा शिशु फ्याकेको रहस्य बाहिर आएको हो । बेबारिसे भेटिएकी उक्त शिशुलाई केयर बालगृहकी सञ्चालिका अधिकारीले पालन पोषणको जिम्मा लिएपछि देश तथा विदेशबाट धेरै नै सहयोगहरु आयो ।

    विभिन्न सामाजिक संस्थाहरुले पनि आर्थिक सहयोग गरे । तर हालै उक्त शिशु विदेशबाट आएकी उक्त महिलाले जन्माएको खुलेको हो । उक्त महिला काठमाडौंकै कुनै संस्थामा बसेको र परिचय गोप्य राखिएको प्रहरीले जनाएको छ । उक्त महिलाले बालगृहकी सञ्चालिकासँग मिलेर नाटक गरी चौरमा शिशु फ्याकेको पनि बताइएको छ । अहिले प्रहरीले बालगृहका संस्थापक पुष्पा अधिकारी, शिशुकी आमा र सहयोगीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको जनाइएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.