युटुबमा करोडौ भ्युज गएयुटुबमा करोडौ भ्युज गएर पनि ओजेलमा परेका गायक प्रकाश दुतराज (हेर्नुहोस भिडियो ) https://www.hellotvnepal.com/archives/2353 पनि ओजेलमा परेका गायक प्रकाश दुतराज (हेर्नुहोस भिडियो )
तपाईको प्रतिक्रिया





प्रकाश दुतराजको लय तथा शब्द रहेको गित “जाम भो माईली” सर्बत्र टिकटक देखि सामाजिक संजालमा भाईरल भएको छ । अज भनौ भने बालबालिका देखि बृद्धासम्ममा उत्त गित मुख मुखमा झुन्डीएको छ । उक्त गितलाइ युटुबमा ३५ लाख पटक दर्शकहरुले हेरेको छ । युवा पुस्ताको रोजाईमा परेको दुतराजको प्राय सिर्जनामा मौलिकता झल्कीन्छ । म्याग्दीको मंगला गाउपालिका अर्मनमा जीन्मिएका दुतराजको गन्तिमा १० श्रृजनाहरु युटुबमा प्रसारण छन् जसमा छुवाछुत भेदभाबदेखि चेलिबेटी बेचबिखन लगायत थुप्रै सामाजिक शन्देस दिने खालका छन् ।
यति बेला सहर बजार देखि गाउको कुना कन्दरासम्म यो गित गुन्जिन्छ । जाम भो माईली बोलको गितमा गाउले परिबेशलाई झल्काउने साथसाथै ललाई फकाई गरेर गाउघरको सोजा सोजि चेलिबेटीलाई बेचबिखन गर्ने कार्यलाई समेत समाबेस गरेको पाईन्छ । प्रकाश दुतराज, निक्स शर्मा र रोसनी कार्कीको अभिनय रहेको उक्त गितमा मौसम हिमालीको निर्देशन रहेको छ । उक्त गितको छायाङकनमा अनिल मानन्धर छन् भने नबिन घर्ति मगरले सम्पादन गरेका हुन् ।