• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

सीता माता भासिएको ठाँउको वास्तविक डकुमेन्ट्री “सीता पातल” सार्वजनिक

  •    हेल्लो टिभी नेपाल  /१६ माघ २०८०, मंगलवार १२:१८ ,  प्रकाशीत
  • काठमाडौं । चर्चित गायिका कला रेश्मी महतोले अहिले सम्म नदेखिएको ऐतिहासिक धार्मिक स्थल अर्थात सीता माता भासिएको ठाँउको वास्तविक डकुमेन्ट्री “सीता पातल” सार्वजनिक गरेकी छिन् । सीता पातल डकुमेन्ट्रीमा सीता भासिएको स्थल र भगवान राम अनी सीताको बारेमा वास्तविक कथा प्रस्तुत गरिएको छ । यस डकुमेन्ट्रीमा बिभिन्न ऐतिहासिक स्थलहरु लगायत ज्ञानबद्र्धक, धार्मिक कुराहरु कैद गरिएको छ ।

    सीता पातलमा हाल सम्म कुनै पनि नेताहरु नपुगेको अनी यस्तो नेपाल कै ऐतिहासिक स्थललाई नेपाल सरकार र सम्बन्धित निकायले संरक्षण र विकाश गर्न चासो नदेखाएको स्थानियबासी अनी पुजारीको गुनासो रहेको छ । यस स्थानमा प्रत्यक बर्ष राम नवमीको दिन बार्षिकोत्सव संगै पुजा पाठ गर्ने, भजन गर्ने गरिन्छ ।

    भारतमा भएको भए कती विकाश भईसक्थ्यो होला तर नेपालमा भएको भएर होला नेपालका नेताहरु, सरकार अनी सम्बन्धित निकायले चासो नगरेको होला भन्ने पनि पुजारीको गुनासो संगै छिट्टै सम्बन्धित निकाय, सरकारको ध्यानाकर्षण होस् र विकाश संगै संरक्षण होस् भन्ने पुजारीको माग छ । साथै यस डकुमेन्ट्रीमा पुजारीले सीता पातलको स्थल अवलोकन गराउदै यहाँको बिशेषताको बारेमा जानकारी गराएका छन् ।

    नेपाल धार्मिक सहिष्णुताले भरिपुर्ण देश हो । नेपालमा बिभिन्न ऐतिहासिक धार्मिक स्थलहरुले आन्तरिक तथा बाह्य पर्यटकहरु भ्रमण गर्न आउने गर्दछन् । सीता पातललाई पनि विकाश र संरक्षण संगै प्रचार प्रसार गर्ने हो भने पर्यटकहरुको भिड लाग्ने गर्दछ ।

    यस ऐतिहासिक स्थलमा कुनै पनि मिडिया र पत्रकार नपुगेको प्रचारप्रसार नगरिदिएको भन्दै पुजारीले बताएका छन् । साथै सानो सानो काम गर्न पनि वडाको सिफारिस र अनुमती लिनुपर्ने, कहिले अनुमती नदिएर वाक्क दिक्क भएको गुनासो समेत पुजारीले गरे । लोपोन्मुख ऐतिहासिक धार्मिक स्थल सीता पातलको प्रचार प्रसार होस् भनेर “सीता पातल” नामक डकुमेन्ट्रीको निर्माण गरिएको कुरा निर्माता प्रेम महतोले बताए ।

    नवलपरासीको बर्दघाट त्रिबेणी चोकबाट दक्षीण तर्फ नारायणी पारी चितवन राष्ट्रिय निकुञ्ज भित्र माडी नगरपालिका वडा नं. १ मा सीतामणी भनेर चिनिने सीता पातल स्थलमा पर्दछ । सीता पातल नामक डकुमेन्ट्रीमा सञ्चारकर्मी राजकुमार रायमाझीको कथा तथा निर्देशन रहेको छ भने मन बहादुर पुनले छायांकन, सम्पादन गरेका हुन् । यस डकुमेन्ट्रीलाई कला रेश्मी महतो कै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

    थप ऐतिहासिक कुरा संगै अन्य जानकारी लिन तलको भिडियो लिंक क्लिक गर्नुहोला ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    ताजा अपडेट
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    आईजिपी दान बहादुर कार्कीको प्रयासपछि नेपाल प्रहरीको राशन स्केल बृद्धि
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.