• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

त्रिविले परीक्षा भदौ ७ गतेबाट सुचारु गर्ने निर्णय

  •    हेल्लो टिभी नेपाल  /८ श्रावण २०७७, बिहीबार ०८:२० ,  प्रकाशीत
  • काठमाडौं, साउन ८ । सरकारले कोरोना भाइरस ९कोभिड–१९० नियन्त्रणका लागि चार महिनाको बन्दाबन्दी खुला गरेलगत्तै शैक्षिक क्षेत्रले अब छिट्टै नै गति लिने भएको छ ।जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी आगामी भदौ १ गतेदेखि विद्यार्थी भर्ना, शैक्षिक तथा परीक्षा सञ्चालनका लागि सरकारले बाटो खोलेपछि शैक्षिक संस्थाहरूले बुधबारबाटै यसको तयारी सुरु गरेका छन् । यसक्रममा राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोज पहिलो साताबाट सञ्चालन गर्ने गृहकार्य थालेको छ भने त्रिभुवन विश्वविद्यालयले बुधबारबाट क्याम्पस खोल्नुका साथै भदौ ७ गतेबाट स्थगित परीक्षा सुरु गर्ने निर्णय गरेको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले साउन १५ गतेभित्र सबै सार्वजनिक विद्यालयका शिक्षकलाई सम्बद्ध विद्यालयमा अनिवार्य उपस्थिति हुनुपर्ने जनाएपछि विद्यालयमा शैक्षिक गतिविधि बढ्ने भएको छ । गोरखापत्र दैनिकमा खबर छ ।
    राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा। चन्द्रमणि पौडेलले कक्षा १२ को परीक्षा असोज पहिलो साता लिने गरी आन्तरिक तयारीमा जुटेको जानकारी दिए । कक्षा १२ को परीक्षा गत वैशाखमा लिने योजना थियो ।

    कक्षा ११ को आन्तरिक मूल्याङ्कन गर्ने अधिकार विद्यालयलाई दिइएकाले त्यसमा कुनै समस्या नभएको उनले जनाए । कक्षा १० को माध्यमिक शिक्षा परीक्षा९एसईई०को नतिजा प्रकाशनका लागि तीव्र रूपमा काम भइरहेको पौडेलले जानकारी दिए । हालसम्म झन्डै ५५ जिल्लाका विद्यार्थीको अभिलेख रुजु गरिएको र अब केही दिनमै यसलाई पूर्णता दिइने बोर्डले जनाएको छ ।

    त्रिविले गत चैतमा स्थगित परीक्षा भदौ ७ गतेबाट सुचारु गर्ने निर्णय त्रिवि परीक्षा समितिका अध्यक्ष तथा रजिष्ट्रार प्रा। पेशल दाहालले जानकारी दिए । स्थगित परीक्षा दशैँसम्म पूरा गर्ने र त्यसपछि नियमित परीक्षा गर्ने तयारी त्रिविको छ । त्रिवि प्रशासन असार १ गतेदेखि खुलेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.