• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

पाथीभरा मन्दिरमा १६ हजार किलो तामाको स्वागतद्वार

  •    हेल्लो टिभी नेपाल  /१६ श्रावण २०७७, शुक्रबार ११:१४ ,  प्रकाशीत
  • पाथिभरा मन्दिरमा तामा मात्र प्रयोग गरेर स्वागतद्वार बनाइएको छ । ‘भक्तजनको सामग्री, भक्तजनकै लागि’ भन्ने उद्देश्यले स्वागतद्वार निर्माण गरिएको हो ।
    पाथीभरा मन्दिरमा भक्तजनले चढाएको तामाका माना, पाथी, त्रिशूल, दियोजस्ता सामग्रीलाई उजिल्याएर द्वार निर्माण गरिएको पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवर्द्धन समितिका अध्यक्ष तारानाथ घिमिरेले बताए ।

    पाटनका राजन शिल्पकारद्वारा बनाइएको द्वारमा १६ हजार किलो तामा प्रयोग भएको छ । निर्माण समितिका संयोजक सुरेश लिम्बूका अनुसार पाथीभराको उत्पत्ति कथा झल्कने गरी द्वार निर्माण गरिएको छ । यो पहिला सयौंको संख्यामा भेडाको गोठ राख्ने क्षेत्र हो । गोठहरू अहिले पनि राखिन्छन् । ताप्लेजुङको पाथीभरा क्षेत्रको माथिल्लो फेदीमा निर्माण गरिएको स्वागतद्वार । भक्तजनले मन्दिरमा चढाएको तामाका त्रिशूल, माना, पाथीलगायतलाई उजिल्याएर शिल्पकारले द्वारमा कला भरेका छन् ।

    द्वार निर्माणमा २४ लाख रुपैयाँ खर्च भएको समितिले जनाएको छ । यो रकम ढुवानी र कला भर्न बढी रकम लागेको उनले बताए । मन्दिरबाट तामाका सामग्री काठमाडौं पुर्‍याएर त्यसलाइ उजिल्याएर पाता–पाता बनाएर ल्याएर जडान गरिएको हो । पाथीभरा जाने तीर्थयात्रीका लागि तामाको द्वार फोटो खिचाउने आकर्षण बनेको छ ।यसअघि मन्दिर, कञ्चनजंघा, कुम्भकर्ण,मकालुलगायतका हिमशृंखलासँगै तस्बिर लिनेहरूले अहिले स्वागतद्धारप्रति आकर्षित भएका छन् ।

    मानिसको भाग्य र भविष्य जन्म अनुसार नै तय भएको हुन्छ । जन्मदिन (जन्म समय) का आधारमा उसको राशि तय हुन्छ । त्यही राशि अनुशार कसको भाग्य र भविष्य कसतो भन्ने छुट्याउन सकिन्छ । ज्योतिष शास्त्रका अनुसार, मानिसको जीवन उनको राशि अनुसार चल्ने गर्छ। कुन मानिसमा ग्रह नक्षत्रहरुको कस्तो प्रभाव परेको छ भन्ने राशि आफैले बताउने गर्दछ। यस आधुनिक युगमा हामी ज्योतिष शास्त्रको विश्वास गर्दैनौ, तर कतिपय समस्याहरु ज्योतिष शास्त्रद्वारा मात्र हल हुन्छ भने कतिपय त ज्योतिष शास्त्र बिना असम्भव नै हुन्छ।

    जो व्यक्ति जस्तो देखिन्छ, के वास्तवमा पनि त्यस्तै हुन्छरु यी प्रश्नहरूको उत्तर ज्योतिष शास्त्रबाट लिन सकिन्छ। मानिसको कुंडलीले जीवनको गोप्य कुराहरु पनि खोल्ने गर्दछ। आज हामी यी राशिहरुको एक महत्त्वपूर्ण बानीको बारेमा छलफल गर्छौ। हुनत ज्योतिष शास्त्रका अनुसार सबै राशिहरु आफ्नै तरिकाले महत्त्वपूर्ण हुन्छन्। तर ति मध्ये ४ राशि यस्ता पनि छन्, जो वास्तवमै निकै शक्तिशाली हुन्छन्।

    मेष राशि : मेष राशिलाई अरु राशिहरुभन्दा निकै ऊर्जावान मानिन्छ। यी व्यक्तिहरू सँधै सक्रिय हुने गर्छन् र केहि नगरि बस्न पनि सक्दैनन्। यदि कसैले उनीहरूलाई बोर गर्दछ भने उनीहरुले त्यस व्यक्तिको बेवास्ता गर्न थाल्छन्। मेष राशि भएका व्यक्तिहरु कसैलाई त्यति सजिलै विश्वास गर्दैनन् र आफ्नो गोप्य कुरा आफूसंगै राख्छन्। उनीहरु आफ्नो निर्णय आफै लिन्छन् र कसैबाट प्रभावित भएर आफ्नो जीवनको दिशा परिवर्तन पनि गर्दैनन्।

    वृश्चिक राशि : वृश्चिक राशिका मानिसहरु निकै इमान्दार हुने गर्छन् तर उनीहरुमा द्रोही स्वभाव पनि प्रमुखताको साथ हुने गर्दछ। ईमानदार व्यक्तिहरुसंग यी राशिका व्यक्ति पनि निकै इमान्दार रहन्छन् तर धोका दिने व्यक्तिहरुका लागि भने यी राशि निकै खतरनाक सावित हुने गर्छन्। यी व्यक्तिहरु निकै भावनात्मक हुने गर्छन्, त्यसैले कहिलेकाँही उनीहरुलाई सहन निकै गाह्रो हुन्छ। वृश्चिक राशिका व्यक्तिहरूसँग भविष्यको सोच्ने एउटा छुट्टै क्षमता हुने गर्दछ, जुन तपाई कल्पना पनि गर्न सक्नुहुन्न।

    कुम्भ राशि : भावनामा बगेर कुनै पनि निर्णय नलिनु नै कुंभ राशिको सबै भन्दा ठूलो विशेषता हो। यी व्यक्तिहरु आवश्यकता अनुसार, आफ्ना भावनाहरुलाई साइडमा राखेर अगाडि बढ्न सक्षम हुने गर्छन्। यी मानिसहरू निकै चाखलाग्दो र जिज्ञासु स्वाभावका हुने गर्छन्। उनीहरुलाई निकै बुद्धिमान पनि मानिन्छ। उनीहरु जिद्दी स्वाभावका हुनुका साथै आत्मविश्वासले पनि भरिएको हुन्छ।

    मकर राशि : यस राशिलाई सबै भन्दा राम्रो तथा उत्कृष्ट राशि मानिन्छ, किनकि उनीहरु भित्र आत्म नियन्त्रणको भावना हुने गर्दछ। उनीहरुसंग अन्य राशिका व्यक्तिहरु भन्दा राम्रो सोच्ने तथा बुझ्ने क्षमता हुने गर्छ। यी व्यक्तिहरु सधैं सक्रिय रहने गर्छन्। यहि कारण हो कि, यी व्यक्तिहरू आफ्ना उद्देश्यहरु द्रुत रुपमा प्राप्त गर्न सफल हुने गर्दछन्

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.