• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

७ बर्षअघि ३ दिनमा आउछु भनेर गएका श्रीमान बेपत्ता, खोजिदिन श्रीमतीको आग्रह

  •    हेल्लो टिभी नेपाल  /१६ श्रावण २०७७, शुक्रबार १४:१३ ,  प्रकाशीत
  • पोखरा- वैवाहिक बन्धनमा बाँधिएको ३ वर्ष नपुग्दै श्रीमान बे-पत्ता भएपछि एक महिला र उनका एक ८ बर्षका छाेरा विचल्लीमा परेकी छन् । उनको नाम चन्द्रकला तामाङ्ग हाे भने माइत इलामको फिरिम गा.वि.स वडा नं.४ रहेकाे उनले बताएकी छिन् । त्यस्तै, लम्जुङ जिल्ला चन्द्रेश्वर नगरपालिका ८ घर भएका उनका श्रीमान कृष्ण बहादुर भुजेल ७ बर्षअघि तिन दिनमै अाउछु भनेर गएका उनि आजसम्म पनि गायव छन् ।

    चन्द्रकलाले बास्तविक कथा सबै बताएकी छिन् । उनका श्रीमानसँग भेट कसरि भयाे? भनेर प्रश्न गर्दा उनी भन्छिन्, कृष्णसँग इलाममा काम गर्ने क्रममा भेट भएकाे बताएकी छिन् । उनी सँग काम गर्ने क्रममा कृष्ण बहादुर भुजेलसँग भेट भएको साथै उनले काम गर्दा गर्दै उनी कृष्णले उनलाइ बिहे गर्नकाे लागि फकाएर प्रस्ताव राखेकाे बताउछिन् । कृष्णले तिमि मसँग जसै जानुपर्छ यर्थात बिहे गर्नु पर्छ, यदि बिहे नगरेमा कृष्णले ज्यान फाल्ने ध-म्की समेत दिएकाे उनको भनाइ छ ।

    कृष्ण बहादुर भुजेल- कृष्णले चन्द्राकलालाइ भगाएर पाेखरा लिएर आए । पाेखरा आएपछि उनले चन्दाकाे छेमाकाे घरमा लगे । चन्दाकाे छेमाकाे घरमा गएपछि आफुसँग पैसा छैन् भनेर चन्द्राकाे छेमासँग ६ हजार पैसा सापटिमागेर पाेखरा आएकाे चन्द्राकाे भनाइ रहेकाे छ । पाेखरा त आए तर उनले आफ्नाे लम्जुङकाे घर भने लगेनन् ।

    चन्द्राले कृषणलाइ घर लैजाउ भन्दा उनले पछि भन्दै टारिरहे । बिहे भएकाे ३ बर्षसम्म राम्रै सम्बन्ध थियो त्यसपछि छाेरा जन्मियाे । छाेरा जनमेकाे ६ महिनापछि कृष्ण आफ्नाे घर गएर ३ दिनमा आउछु भनेर गए तर कृष्ण आजसम्म पनि आएका छैनन्
    उनले छाेरालाइ निकै दुख गर्दै ज्यामी काम गर्दै गुजारा चलाइरहेकी छन् । महिनामा जम्मा ६/७ हजार कमाइ हुने र जसले जिन्दगी चलाउन निकै कठिन भएको बताउँछिन ।

    उनीं अझै पनि श्रीमाानकाे खाेजिमा रहेकाे बताउछिन् । चन्द्रकला अझैपनि कृष्ण आउने बाटाे हेर्दै छिन् । उनी भन्छनि् छाेराकाे पढ्ने उमेर हाे दिन प्रति दिन छाेरा ठूलाे हुदै गएकाे छ , पढ्दा स्कुलमा बाबुकाे जन्मदर्ता माग्छ तर म कसरि दिउ। मसँग नागरिता छैन । जे गर्दा पनि बाबा खाेज्छन् म कसरि देखाउ भन्छिन् । उनिसँग आफ्नाे श्रीमानकाे नाागरिता र फाेटाेसमेत साथमा छ । छोरासँगै त्यही फोटो हातमा लिएर चन्द्रकला श्रीमानको प्रतिक्षामा छिन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.