• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

निर्घात कुटिएका सुरक्षा गार्डको भाइरल भिडियोबारे छानविन गर्दै दूतावास (भिडियो)

  •    हेल्लो टिभी नेपाल  /१७ श्रावण २०७७, शनिबार ०९:३४ ,  प्रकाशीत
  • काठमाडौँ । मलेसियामा एक सुरक्षा गार्ड कु’टिएको भिडियोबारे मलेसियास्थित नेपाली दूतावासले छानबिन गर्ने भएको छ । सामाजिक सञ्जालमा यो भिडियोमा कु’टिने सुरक्षा गार्ड नेपाली भएको दावी गरिएको छ । तर, उनी नेपाली नै हुन् वा अन्य कुनै देशका नागरिक हुन् भन्नेबारे स्पष्ट भइसकेको छैन।

    नेपाली दावी गर्दै सामाजिक संजालमा भिडियो भाइरल भएपछि क्वलालम्पुरस्थित नेपाली दूतावासले आफ्नो ग’म्भीर ध्यानकर्षण भएको जनाएको छ । केही दिनयता सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ । भिडियोेमा एक व्यक्तिले नि’र्घात रुपमा युनिफर्ममा रहेका (सम्भवतः ड्युटीमा रहेका) एक सुरक्षा गार्डलाई कु’टेको देख्न सकिन्छ । अहिले त्यो भिडियोलाई विशेषतः विदेशमा बस्ने नेपालीहरुले सामाजिक सञ्जालमा मलेसियामा नेपाली सुरक्षा गार्डलाई कु’टिएको भनेर शेयर गरेका छन्।

    मलेसियामा एक नेपाली कामदारलाई कुटपिट गरेको यो दृश्य यस्तो पिडा आखिर कहिलेसम्म सरकार आफ्नो ज्यान दाउमा राखेर रेमिट्यान्स पठाउँने यि नै नागरिक हुन। pic.twitter.com/lNbAC1ehlJ

    — Rama oli – रमा ओलि (@ramaoli55) July 30, 2020

    भिडियोमा मलेसियन भाषा बोल्ने एक व्यक्तिले सुरक्षा गार्डलाई ‘तैँले आफूलाई के भन्ने ठान्छस्, तँ यहाँ काम गर्न आको हो कि के गर्न ?’ भन्दै नि’र्घात रुपमा कुटेको देखिन्छ । तर, कु’टाइ खाने ती सुरक्षा गार्डले भने कुनै प्रतिक्रिया जनाएका छैनन्।

    सामाजिक सञ्जालमा नेपाली भनेर भिडियो भाइरल भएपछि दूतावासले आवश्यक छानविन सुरु गरेको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले बताए । ‘यहाँको सेक्युरिटी एसोसिएशनमा हामीले त्यो भिडियोबारे छानविनको माग गर्दै अपिल गरेका छौँ,’ उनले डिसी नेपालसँग भने, ‘भिडियोको आधारमा कुटाइ खाने नेपाली नै हो भन्ने कुनै यकिन छैन । घटना कुन कम्पनीमा, कुन ठाउँमा भएको भन्ने एसोसिएशनले नै पत्ता लगाउनेछ । त्यसपछि कामदारमाथि भएको अन्यायको विषयमा कारवाही गर्न एसोसिएशनले नै प्रहरीमा उजुरी गर्नेछ।’

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.