• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

बिना चेकजाँच भारतीय गाडीलाई काठमाडाैँसम्म आउन दिने निर्णय

  •    हेल्लो टिभी नेपाल  /१७ श्रावण २०७७, शनिबार १५:५९ ,  प्रकाशीत
  • काठमाडाैँ – फलफूल तथा थोक व्यवसायी संघले भारतबाट फलफूल ढुवानी गर्ने ट्रकलाई चेकजाँच नगरी कुलेश्वरसम्म आउन दिने निर्णय गरेको छ ।संघले बिहीबार भारतबाट फलफूल ढुवानी गर्ने ट्रकलाई चेकजाँच नगरी कुलेश्वरसम्म आउन दिने निर्णय गरेको हो ।भारतबाट फलफुल लिएर आउने ट्रक आइतबारदेखि कुलेश्वरमा रहेको फलफूल गोदामसम्म बिना रोकतोक प्रवेश गर्न सक्ने निर्णय संघले गरेको छ ।

    भारतीय नम्बरको मालवाहक ट्रक सिधै कुलेश्वर आउँदा त्यसमा चालक, सहचालक, एजेन्ट समेत आउन पाउने निर्णय भएको छ । यदि कोरोना भाइरसले विषम परिस्थिति सिर्जना गरेका यो निर्णय रद्द गर्ने समेत संघले जनाएको छ ।

    अर्को समाचार , अस्ट्रेलिया १ दर्जन नेपालीलाई कोरोना संक्रमण – १७ साउन, काठमाडाैँ – अस्ट्रेलियामा रहेका नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ । अस्ट्रेलियाको भिक्टोरिया राज्यमा बस्ने १२ जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

    एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष प्रेमप्रसाद कँडेलले दिएको जानकारी अनुसार कोरोना भाइरसबाट संक्रमित हुनेमा विद्यार्थीदेखि एनआरएनए पदाधिकारीसमेत रहेका छन् ।

    उपाध्यक्ष कँडेलले कोरोना सङ्क्रमित नेपालीका लागि कमसेकम ३ हफ्ताका लागि पुग्ने गरी ग्रोसरी किनेर सहयोग गर्नुका साथै आवश्यक परेको खण्डमा पीडितलाई डाक्टरसँग सम्पर्क गरेर मानसिक एवम् अन्य तवरले सहयोग गर्दै आएको समेत बताएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.