• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

शास्त्रअनुसार कुन बार के काम गर्दा फाइदा पुग्छ ?

  •    हेल्लो टिभी नेपाल  /१७ श्रावण २०७७, शनिबार १६:५१ ,  प्रकाशीत
  • तपाइँ धर्म-कर्ममा विश्वाश गर्नु हुन्छ र तपाई कुनै पनि काम गर्दै हुनुन्छ भने शास्त्रअनुसारको दिन, बार, नक्षेत्र आदि सवै मिलाएर गर्नु उपयुक्त मानिन्छ।त्यसैले मानिसहरूले कुनै पनि शुभकार्य तथा नयाँकार्य गर्दा दिन हेराएर मात्रै गर्नेगरेको पाइन्छ।हिन्दु धर्म शास्त्रमा रहेका विभिन्न किसिमका धर्म ग्रन्थ र वास्तु शास्त्रले कुनै शुभ तथा नयाँ कामको शुभ फल र लाभका लागि केही त्यसको उपयुक्त विधि अपनाउनुपर्ने सल्लाह दिन्छ।

    तपाइँले नयाँ कामको शुरुवात गर्दा बार र उपयुक्त समयलाई ख्यालगरेर काम गर्दा फाइदा पुग्ने शास्त्रले बताउँछ।कुनै पनि शुभ कार्य गर्नु पर्दा सवै भन्दा पहिले भगवान गणेशको पूजा गर्नु पर्ने हुन्छ।अब धेरऐ लामो कुरा नगरिकन सिधऐ लागऔँ यो जान्न कि शास्त्रअनुसार कुन बार के काम गर्दा चाहिँ फाइदा पुग्छ त?यसबारे जान्नु अघि एउटा सानो अनुरोध पाठकहरूलाई– यो जान्कारि आफूले पढिसके पछि अरूलाई पनि काम लाग्न सक्ने हुनाले एक शेयर अवश्य गरिदिनु होला।यो फुर्सदको समयमा अरूलाई पनि यो जान्कारी काम लाग्न सक्छ।अब लागऔँ विषयवस्तु तिर

    पहिलो बार हो आइतबारः।आइतबार राज्याभिषेकगर्ने, गीत, वाध्य, पलाकिमा बस्ने, राज सेवा, गाइ तथा गोरु किन र बेचगर्ने, हवनगर्ने, मन्त्र तथा उपदेशगर्ने, औषधी निर्माणगर्ने, शास्त्र, सुन, तामा, उनी, बस्त्र, लुगा आदि किन तथा बेच गर्ने, रातो बस्तुको कारोबार लगायत उपयुक्त मानिन्छ।त्यसऐगरि हपताको दोस्रो दिन हो सोमबार, सोमबारःकादिन शास्त्रले यज्ञ गर्नु गराउनु उपयुक्त मान्दछ।गार्इ तथा भैसी, घोडा, फूल, घास, वृक्ष्य, मोति, चाँदी आदिको किन तथा बेचगर्नु, स्त्रीको संगतगर्नु उपयुक्त मानिन्छ।

    हप्ताको तेस्रो दिन हो मङ्गलबार।मंगलबारः भेदगर्नु , अनैकतिक कामगर्न, शास्त्र बर्धन, संग्राम, कपट, दम्भ, सैन्य राख्नु , सुबर्ण, धातु, मुगा, रक्ताश्राव कार्यगर्नु शुभ मानिन्छ।त्यस्तऐ हप्ताको चऔथो दिन हो बुधबार।वुधबारः यस बारमा चातुर्य, दक्षता, पुण्य आर्जन, अध्ययनगर्नु, शास्त्र सेवा गर्नु, शास्त्र चिन्तनगर्नु, चित्र लेखनगर्नु, वास्तु कला, नोकरीगर्नु, बादबिबादगर्नु शुभ मानिन्छ।

    त्यसऐगरि हप्ताको पाँचऔँदिन हो बिहीबार।विहीबारः को दिन चाहिँ धार्मिक कार्यगर्नु, नव ग्रहहरूको पुजनगर्नु, यज्ञ गर्नु, अध्ययनगर्नु, मन्त्र जप तप आदि पनि गर्नु, नया कामको अध्ययन अनुसन्धान समेत शुरु गर्नु, नयाँ वस्त्र धारणगर्नु, यात्रा आरम्भगर्नु जस्ता कार्य शुभ तथा उपयुक्त मानिन्छ।त्यसऐ गरि हप्ताको छऐठऔँ दिन हो शुक्रबारः।शुक्रबार चाहिँ यस बारमा गायन, मणि, रत्न, हिरा, सुगन्ध, बस्त्र, उत्साह, अलंकार, बाणिज्य, व्यापार, गाइ तथा वस्तुहरूको किन तथा बेचगर्नु, द्रव्य भण्डारणगर्नु तथा संचयगर्नु तथा कृषि कार्य शुभ मानिन्छ।

    हप्ताको अनतिम दिन शनिबार।शनिबारः यसबारमा झुटो बोल्नु, ठगि गर्नु, कपट गर्नु, गृह प्रवेश, स्थिर कार्य, नोकरीगर्नु, कलकारखाना खोल्नु, फलाम, तरवार आदिको कार्य गर्नु शुभ मानिन्छ।यसरि शास्त्रले कुन बार के गर्दा राम्रो फल मिल्छ भनेर विभिन्न ग्रन्थहरूमा तोकेको छ।विश्वाश गर्नेहरूले यसलाी पालना गर्नु उपयुक्त हुन्छ।तथा जान्कारिको लागि आफूले पढि सके पछि सक्दो शेयर गर्नु पनि उपयुक्त हुनेछ।

    यो पनि पढ्नुहोस: के तपािँलाी थाहा छ, भगवान रामसँग थिएन पुष्पक विमान, तर रावणसँग भने थिए लडाकु विमान।वनको वासमा रहेकोबेलामा सीताको हरणगर्नको लागि रावणले पुष्पक विमानको प्रयोग गरेका थिए।भने उनकी वहिनी सुपर्णखालेसमेत पुष्पक विमानको प्रयोगगरेको कथाहरु पढ्न तथा सुन्न पाइन्छछ।यसकै आधारमा पनि लंकाका राजा रावणसँग धेरै वटा पुष्पक विमानहरु रहेको बुझ्न सकिने धर्म ग्रन्थहरुमा उल्लेख समेत गरिएको छ।

    उति बेलाको त्रेता युगमा समेत विमानहरुको प्रयोग हुनेगरेको प्रसंगले रोमाञ्चित पक्कऐ हुनु भएको छ भने यस बारे धर्म ग्रन्थहरुमा उल्लेख गरिएको केही तथ्य यस्ता छन्।धर्म ग्रन्थहरुकाअनुसार रावणसँग पुष्पक विमानका साथै लडाकु विमानसमेत थिए।जस मध्ये एउटा विमानमा सीताको हरणगरिएको थियो भने लंका लगिएको थियो।अन्य विमानहरु भने रामसँगको युद्धमा प्रयोग भएका थिए।उक्त पुष्पक विमानको निर्माता भने विश्वकर्मा थिए।

    कथाहरुमा यस्तो समेत पनि पाइन्छ कि पुष्पक विमान भगवान ब्रह्मासँग थियो।जसलाई ब्रह्माले कुबेरलाई उपहारस्वरुप दिएका थिए।तर बलियो रावणले यो विमान कुवेरसँग हडपेर लिएर गए।तर रावणको मृत्यु पछि भने यो पुष्पक विमानमा विभीषणको अधिकार रह्यो।विभीषणले यो विमान कुवेरलाई फिर्ता दिए।कुवेरले यो विमान रामलाई उपहार दिएका थिए भनिन्छ।र, लंका जिते पछि राम, सीता, लक्ष्मण र हनुमान यही विमानमा चढेर अयोध्या पुगेका थिए।

    यस्ता थिए पुष्पकविमानका विशेषता—बाल्मीकि रामायणमा गरिएको वर्णनअनुसार यो विमान मयुरकोे आकारको थियो।यसको गति निकै तिव्र थियो भने चालकको इच्छा अनुसार यसलाई कुनै पनि स्थानमा लैजान सकिन्थ्यो।अचम्म लाग्ने कुरा त यसलाई आवश्यकताअनुसार सानो तथा ठूलो बनाउन सकिन्थ्यो।यो रातको समयमा पनि उड्न सक्थ्यो।

    सबै ऋतुहरुकाअनुसार यो विमानमा सुत्ने, मणिहरुले सजिएको ढोका र सिँढिहरु थिए।यो विमानमा गोप्य कक्ष पनि थियो भने नीलमले बनेको सिंहासन पनि थियो।यो विमान एक स्थानबाट अर्को स्थानमामात्र होइन एक ग्रहबाट अर्को ग्रहमा पनि जान सक्ने खालको भएको धर्म ग्रन्थहरुमा व्याख्या गरिएको पाहिन्छ।पुष्पक विमान जसले पायो त्यसले चलाउन सक्दैन थियो।त्यसका लागि विमान सञ्चालन सम्बन्धी मन्त्र सिद्ध हुनु पर्ने व्यवस्था थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.