• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

को रोना फैलिएपछि काठमाडौंका यि मुख्य वजार भोटाहिटी, असन र महाबौद्ध बन्द

  •    हेल्लो टिभी नेपाल  /१८ श्रावण २०७७, आईतवार १३:२३ ,  प्रकाशीत
  • काठमाडौं । पछिल्लो समय काठमाडौं को रोनाको इपिसेन्टर हुने खतरा देखिएको छ । दिनहुँ संक्रमितको संख्या थपिएको छ । नयाँ संक्रमितहरुमा को रोनाको लक्षण समेत देखिएपछि चिकित्सक र सरोकारवालाई चिन्तित बनाएको छ । काठमाडौंका अति ब्यस्त र भिडभाड हुने क्षेत्रमै को रोना फैलिएपछि खतरा थप बढेको हो । राजधानीको भोटाहिटी, असन र महाबौद्धमा कोरोनाका कारण अहिले पसल बन्द भएका छन् । ति क्षेत्रमा पसल सञ्चालन गर्नेहरुमा कोरोना पुष्टि भएपछि कोरोनाका त्रा सका कारण पसल बन्द भएका हुन् ।

    महाबौद्धका दुई जना व्यापारीमा कोरोना देखिएपछि आईतबारदेखि त्यस क्षेत्रका सम्पूर्ण पसलहरु बन्द गरिएको हो । उनीहरुको सम्पर्कमा रहेकाहरुलाई पनि कोरोना परिक्षण गरिएको छ । वडा कार्यालयले उनीहरुको सम्पर्कमा रहेकाहरुलाई कोरोना परिक्षण गर्न आग्ह सहित सूचना जारी गरेको थियो ।

    महाबौद्ध गणेश मन्दिर नजिक पसल भएका भारतीय नागरिक धीरज शाह र अञ्जु शाहमा आईतबार स्वास्थ्य परीक्षण गराउँदा कोरोना पोजिटिभ देखिएको थियो । त्यसपछि सो क्षेत्रका पसलहरु धमाधम बन्द गर्न शुरु गरिएको थियो । वडाअध्यक्ष चिनियामान बज्राचार्यले उहाँहरुसंग प्रत्यक्ष सम्पर्कमा आएका सबैले स्वास्थ्य परीक्षण गर्न सार्वजनिक अपिल गर।ेका थिए ।

    स्वास्थ्य परीक्षण गर्ने क्रम जारी रहेको र रिपोर्ट नआएसम्म पसलहरु बन्द हुने सो क्षेत्रका व्यवसायीहरुको भनाई रहेको छ । भारतवाट आएका उनीहरुले सुरक्षा नअपनाउँदा कोरोना फैलिएको भन्दै स्थानियले चिन्ता जनाएका छन् । स्वास्थ्य सजगता नअपनाउदा परिवारका सदस्यमा पनि कोरोनाको लक्षण देखिएपछि परिक्षण गराउँदा उनीहरुलाई पनि कोरोना भएको पुष्टि भएको हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.