हेल्लो टिभी नेपाल /१८ श्रावण २०७७, आईतवार १३:२६ , प्रकाशीत
वीरगञ्ज । वीरगन्जमा कोरोना भयावह हुँदै गएको छ । पर्सामा थप ४५ जनामा कोरोना भाइरस पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा १४ जना महिलासहित ४५ जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । शनिबार गरिएको पीसीआर परीक्षणका क्रममा ४५ जनामा कोरोना पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। मदन उपाध्यायले जानकारी दिए । उनका अनुसार संक्रमितमध्ये अधिकांश मास टेष्टिङका क्रममा भेटिएका हुन् । कन्ट्याक्ट ट्रेसिङ र पेड पीसीआर गराएकामा पनि कोरोना देखिएको छ ।
यता बीरगन्ज महानगरपालिकाका मेयर बिजयकुमार सरावागीको परिवारमा पनि कोरोना देखिएको छ । मेयर सरावगीलाई यस अघि नै कोरोना पुष्टि भइसकेको छ । उनी अहिले काठमाडौंमा छन् । काठमाडौं आएको तीन दिन पछि मेयर सरावागीलाइ कोरोना पुष्टि भएको थियो । उनले सामाजिक सञ्जाल मार्फत आफुलाई कोरोना पुष्टि भएको जानकारी गराएका थिए । मेयरलाई कोरोना पुष्टि भएपछि उनको परिवारका सदस्यको पनि कोरोना परिक्षण गरिएको हो । परिक्षणका क्रममा उनका परिवारका सदस्यमा पनि कोरोना पुष्टि भएको छ ।
‘तपाईंहरूको सेवामा अनवरत रूपमा लाग्दा लाग्दै म स्वयं कोरोना सं क्रम णको चपेटामा परेको छु। म अहिले उपचारार्थ छु। मेरो स्वास्थ्य अवस्था सामान्य छ। मैले छिट्टै नै कोरोनालाई जित्नेछु,’ मेयर सरावगीले फेसबुकमा लेखेका छन्। उनी वीरगन्जमा कोरोना समुदायमा फैलन थालेपछि त्यसको नियन्त्रणका लागि सकृय थिए ।
उनका राजनीतिक सल्लाहकार मुकेश दुवेदीका अनुसार, उनी चार दिनअघि काठमाडौं आएका थिए। बिहीबार बिहान उनलाई कोरोना पुष्टि भएको हो। ‘उहाँले काठमाडौंमै परीक्षण गर्नुभएको हो,’ दुवेदीले भने, ‘उहाँ अहिले काठमाडौंस्थित आफ्नै निवासमा हुनुहुन्छ। अहिले उहाँको अवस्था सामान्य छ।’ सरावगीले आफ्नो फेसबुकमा वीरगन्जमा समुदाय स्तरमा कोरोना फैलिएको भन्दै त्यसका लागि केन्द्र सरकारको सहयोग गर्नुपर्ने पनि बताएका छन् । उनले वीरगन्जमा सं
क्रम’ण नियन्त्रण गर्न अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज, स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई धन्यवाद दिएका छन्। उनले वीरगन्जमा सु’कर’मण रोक्न स्थानीय स्तरबाट मात्र सम्भव नरहेको भन्दै प्रदेश सरेकारले ठोस कदम लिनुपर्ने बताएका छन्।