• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

काठमाडौंमा को रोना आ’तंक: बग्गीखानाका ३७५ जना ट्राफिक प्रहरी क्वारेन्टिनमा

  •    हेल्लो टिभी नेपाल  /१८ श्रावण २०७७, आईतवार १३:३५ ,  प्रकाशीत
  • काठमाडौं । काठमाडौं उपत्यकामा दिनहुँ कोरोना संक्रमितको संख्या बढेको छ । कोरोना फैलन नदिन अग्रणी भूमीका निभाएका सुरक्षाकर्मी यसको चपेटामा परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ (बग्गीखाना) का दुई जनालाई कोरोना पुष्टि भएपछि ३७५ जनालाई क्वारेन्टिनमा राखिएको छ ।

    गत शुक्रबार दुई जनालाई कोरोना पुष्टि भएको थियो । उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जना ब्यारेक–ब्यारेकमै राखिएको र महाशाखामा पूर्णलकडाउन गरिएको छ ।

    कोरोना पुष्टि भएकाहरुको सम्पर्कमा आएकाहरुलाई बाहिर आउ–जाउ गर्न समेत बन्देज लगाइएको छ । १५ सय ४५ जना जनशक्ति भएको ट्राफिक प्रहरीमध्ये ३७५ जना क्वारेन्टिनमा गएपछि १ हजार १ सय ७० जना जनशक्ति ट्राफिक व्यवस्थापनका लागि खटाइएको एसएसपी भिमप्रसाद ढकालले जानकारी दिएका छन ।

    यति धेरै ६ा्फिक प्रहरीलाई क्वारेन्टिनमा राख्नु परेका कारण काममा पनि प्रभाव परेको छ । ट्राफिक ब्यवस्थापनमा प्रभाव परेको प्रहरीले जनाएको छ । अत्याधिक बढी ट्राफिक प्रहरी आवश्यक पर्ने स्थानमा बढाएर कम भएपनि पुग्ने ठाउँवाट संख्या घटाएर ब्यवस्थापन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी ढकालले जानकारी दिए ।

    प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप २८ जना प्रहरी अधिकारीमा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ । सार्वजनिक स्थानमा धेरै घुलमिल हुनुपर्ने प्रहरीलाई कोरोना पुष्टि भएको हो ।

    सुरुमा सवारी र सञ्चार शाखामा कार्यरत प्रहरीमा कोरोना पुष्टि भएको थियो । उनीहरुको सम्पर्कमा आएकाहरुको नमुना संकलन गरि गरिएको परिक्षणमा थप २८ जनामा कोरोना देखिएको हो । उनीहरुको कोरोनाको रिपोर्ट विहिवार सांझ र शुक्रवार विहान आएको हो । ठूलो संख्याका प्रहरी अधिकारीमा कोरोना पुष्टि भएपछि त्रा स बढाएको छ ।

    बिहीबार साँझ र शुक्रबार बिहानसम्म गरेर थप २८ जनामा कोरोना पुष्टि भएको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले बताएका छन् । हालसम्म प्रहरी प्रधान कार्यालयका ७२ जनामा कोरोना पुष्टि भइसकेको छ भने देशभर २५० जना संक्रमित छन् । लकडाउन अन्त्य गरेसंगै बढेको सर्वसाधारणको चहल पहलले कोरोना संक्रमितको संख्या बढाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    ताजा अपडेट
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    आईजिपी दान बहादुर कार्कीको प्रयासपछि नेपाल प्रहरीको राशन स्केल बृद्धि
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.