• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

कहिलै नहासेको कालभैरवको मूर्ति एक्कासी कसरी हास्यो ? कारण यस्तो छ

  •    हेल्लो टिभी नेपाल  /१८ श्रावण २०७७, आईतवार १३:४० ,  प्रकाशीत
  • काठमाडौंको हनुमानढोका दरबारको प्रांगणको उत्तरपश्चिमी भागमा काल भैरवको ठूलो प्रस्तर मूर्ति छ । कालो प्रस्तरबाट बनेको यो मूर्ति अति ठूलो र डरलाग्दो छ । यो मूर्ति १२ फिट अग्लो छ । यो मूर्ति प्राचीन कालतिर बनाइएको मानिन्छ तर यस स्थानमा यसको स्थापना भने कान्तिपुरे राजा प्रताप मल्लले गराएका हुन् । कतिपय श्रद्धालुहरू काल भैरवलाई काली मानेर पनि पूजाआजा गर्ने गर्दछन् ।

    शवमाथि उभिएको तथा नरमुण्डमाला लगाएको काल भैरवको मूर्तिलाई बेग्लै मन्दिर नबनाएर त्यत्तिकै खुला आकाशमुनि एउटा पर्खालमा टँसाएर राखिएको छ । मध्यकालतिर काल भैरव मूर्ति अगाडि अपराधीलाई दण्ड–सजाय दिने चलन थियो । यसको अगाडि उभ्याएर अपराधीलाई अपराध स्वीकार गर्न लगाइन्थ्यो । साथै कतिपय अपराधीहरु त यहाँ आइपुग्नासाथ डरले आफैं मर्दथे भनिन्छ ।यस्तो डरलाग्दो मूर्ति आफु भने हाँसिरहेको छ । कालभैरवको मूर्ति हेर्नु भयो भने तपाईले पनि भैरवको मुख हाँसेको र हाँस्दा दाँत पनि देख्नु हुनेछ ।

    किन हाँसे त काल भैरव ?कालभैरवको मूर्ति हास्नुको कारणका बारेमा रमाइलो किंवदन्ती छ ।पहिले पहिले कुनै कसुरमा दसी प्रमाण नभेटिएमा कालभैरवको पाउ छुवाएर किरिया खुवाउने चलन थियो । यसरी किरिया खाँदा यदि झुट्टा बोल्यो भने तत्काल त्यहीं रगत छादेर मर्ने गर्थ्यो ।

    यौटा हाकिम बडो घुस्याहा थियो तर उसले गरेको बदमासीको प्रमाण कसैले नपाउने गरी गर्दथ्यो । उसका विरुद्ध उजुर पर्‍यो । उजुरी गर्ने अति नै विश्वासिला मानिस थिए तर हाकिमका विरुद्धमा भने कसै गर्दा पनि प्रमाण भेटिएन । प्रमाण नभेटिएकाले उसलाई कालभैरवको पाउ छुवाएर किरिया खुवाइने फैसला भयो । किरिया खुवाउँने दिन भनेर भोलीपल्टलाई नै तोकियो ।फैसला पछि घर आएको ऊ नुन खाएको कुखुराजस्तै झोक्राएर बसिरह्यो । उसकी आमाले यो देखेर उसलाई सोधिन् । उसले पनि सबै सत्य कुरो आमालाई बताइदियो ।

    आमाचाहिंले “ए! यत्ति कुरामा किन पीर लिनु” भनेर उसलाई योबाट बच्ने सजिलो तरिका भएको कुरा बताइन् । त्यसका लागि उसलाई नाङ्गै भएर आफ्नो काखमा बसेर दूध चुस्न लगाइन् र भोलिपल्ट भन्नु पर्ने सबै कुरा सिकाइन् ।

    भोलिपल्ट सबै भैरवस्थानमा जम्मा भए र ऊ पनि गयो । जब उसलाई किरिया खान भनियो अनि उसले कालभैरवको पाउ समातेर “मैले अजान छँदा, नाङ्गै आमाको काखमा बसेर दूध खानुअघि त के के गरें भन्न सक्दिन तर त्यसपछि मैले आजको दिनसम्म घुस खाने वा कुनै नगर्नु हुने काम गरेको छैन । भए यहीं रगत छादेर मेरो मृत्यु होस् । उसले यति चलाखीपुर्ण किरिया खाएको सुनेपछि त्रिकालदर्शी कालभैरवको मूर्ति पनि हाँस्यो । र, आजसम्म हाँसेकै छ रे ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.