पश्चिमा मुलुकमा हिन्दू धर्मप्रती आकर्षण बढ्दो, यज्ञमा यसरी सामेल भए विदेशीहरु (भिडियो हेर्नुस्)
तपाईको प्रतिक्रिया





काठमाडौं । आज परेको जनैपूर्णिमा अर्थात् श्रावणीपूर्णिमा जनै, रक्षाबन्धन तथा राखी बाँधेर मनाइएको छ। आज मानिसहरुले गुरुपुरोहितको हातबाट यज्ञोपवित अर्थात् जनै लगाउने र डोरो बाँध्ने प्रचलन छ।
राजधानीमा रहेको पशुपतिनाथ मन्दिरमा पुगेर भक्तजनहरुले स्नान, दान, जनै, रक्षाबन्धन गरेका छन्। तराई क्षेत्रमा दिदीबहिनीले दाजुभाइको हातमा राखी बाँध्ने प्रचलन छ। जनैपूर्णिमा हिन्दूहरुको ठूलो पर्व हो।
नयाँ यज्ञोपवित तथा रक्षाबन्धन धारण गरी यस पर्वलाई धुमधामका साथ मनाइन्छ। वैदिक सनातन वर्णाश्रमधर्म मान्ने तागाधारी जातिहरूले अघिल्लो दिनदेखि नै चोखोनितो गरी एक छाक खाने, त्यस दिन बिहानै नित्यस्नान, प्रातःसन्ध्योपासना गरी सम्भव भए मध्याह्नमा नदी, तलाउमा गई सम्भव न भए घरकै पवित्र जलले अपामार्ग, गाईको गोबर तथा चोखो स्थानको माटो कुशपानी आदि लगाई विधिपूर्वक श्रावणी निमित्तक मध्याह्न स्नान, सन्ध्योपासना आदि सम्पन्न गर्दछन्।
जनै प्राचिन परम्परा हो, जसलाई ऋषी संस्कृति पनि भनिन्छ । संस्कृतमा यज्ञोपवीत भनिने जनै राम, कृष्ण, हनुमानजीले पनि लगाएका थिए भन्नेछ । वेदमैं उल्लेख भएकाले रामायण, महाभारत दुबैमा यसको महत्व दर्शाइएको छ ।
ब्रतबन्धपछि लगाइने जनैका सुरुका ३ वटा धागोले जीन्दगीका ४ आयाम मध्ये ब्रम्हचार्य, गृहस्थ र बाणप्रस्थ ३ आयामको प्रतिनिधित्व गर्छ भनी शास्त्रमा उल्लेख छ । सन्यासीले जनै लगाउँदैनन । काँचो धागोबाट बनाइने जनैमा ५ वटा गाँठा (शिखा) पारिएको हुन्छ जसले पञ्च ज्ञानेन्द्रीय र पञ्च तत्वको प्रतिनिधित्व गर्छ भन्नेछ ।
नेपालमा यसको महत्व घट्दै जाँदा विदेशमा भने हिन्दु धर्म संस्कारका मान्यताहरुलाई अनुसरण गर्न थालिएको छ । सामाजिक सञ्जालमा अहिले एउटा त्यस्तै भिडियो भाइरल भएको छ । विदेशमा जनैपुर्णीमा मनाएको यो भिडियोले नेपाली धर्म संस्कारको विरोध गर्नेहरुलाई जवाफ दिएको छ ।