• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

देशको कानुन कता जादै छ ? ब ला त्कार प्रयासको अभि युक्तलाई ५० हजार धरौटीमा रिहा गर्न जिल्ला अदालतकाे आदेश

  •    हेल्लो टिभी नेपाल  /१९ श्रावण २०७७, सोमबार २२:४४ ,  प्रकाशीत
  • काठमाडौं / काठमाडौ जिल्ला अदालतले ब ला त्कार प्रयासको मु द्दामा एक अभियुक्तलाई कानुन विपरित धरौटीमा छाड्न आदेश दिएको छ। काठमाडौं जिल्ला अदालतले तत्कालीन राप्रपा समर्थित युवा संगठनका केन्द्रीय सदस्य मौलेश्वरसिंह राजपूतलाई धरौटीमा छाड्न आदेश दिएको हो। अदालतले उनीसँग ५० हजार धरौटी माग गरेकाे छ।

    जबकी उनले घ टनास्थलमा उपस्थित भएको बयानमा स्वीकारेका थिए। तैपनि जिल्ला न्यायाधीश प्रकाश ढुंगानाले धरौटीमा रिहा गर्न आदेश दिएका हुन्। तत्काल प्राप्त प्रमाणबाट यी प्रतिवादी कसुरदार हुन् भनी अहिल्यै भन्न नसकिएता पनि यी प्रतिवादीले वारदात स्थलमा आफू उपस्थित भएको भनी अनुसन्धानको क्रममा तथा अदालतमा बयान गरेको देखियो,’ जिल्ला न्यायाधीश ढुंगानाको आदेशमा भनिएको छ, ‘थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने नै हुँदा यी प्रतिवादीले गरेको कसुरको प्रकृति, हुन सक्ने सजायसमेतलाई हेर्दा थुनामा नै राखेर मुद्दा पुर्पक्ष गर्नुपर्नेसम्मको अवस्था नदेखिएकाले ५० हजार धरौटी मागी सो दिएमा तारेख राखी मुद्दाको पुर्पक्ष गर्नु।’

    सप्तरी तिलाठी कोइलाडी गाउँपालिका-७ का मौलेश्वर काठमाडौंको कोटेश्वरमा डेरामा बस्दै आएका थिए। उनले काठमाडौंको कपुरधारामा बस्दै आएकी एक महिलालाई उनको कोठामै गएर ब ला त्कार प्रयास गरेको आरोप लागेको थियो। प्रहरी अनुसन्धानका अनुसार मौलेश्वरले जेठ ३१ गते महिला बस्दै आएको घरमा पुगेर सुरुमा बोलाएका थिए। महिला पनि ‘को हो ?’ भन्दै ढाेका खाेलेकी थिइन्।

    त्यसपछि उनले अश्लील शब्द प्रयोग गर्दै ब ला त्कार प्रयास गरेको प्रहरीकाे अनुन्धानमा देखिएकाे छ। उनीविरुद्धकाे अभियाेग पत्रमा पुरानाे घ टनालाई पनि उल्लेख गर्दै भनिएकाे छ, ‘सार्वजनिक स्थलमा हात समाती शरीरका संवेदनशील अंग छुने प्रयास गरेको र यसभन्दा पहिला पनि विभिन्न मिति र समयमा महिला हिंसा गर्दै आएका थिए।’अभियाेगपत्रमा पीडित युवती कराएका कारण उनका दाजु र वरपरका मान्छेहरू आएकाले थप दु र्घटना हुन नपाएको उल्लेख छ।

    मौलेश्वरले अन्य महिलाहरुलाई पनि पटकपटक जथाभावी म्यासेज पठाएकाले काठमाडौं जिल्ला अदालतमै साइबर क्राइमअन्तर्गतको मुद्दा पनि विचारधिन छ। जिल्ला अदालतमा २६ परिसर २०७६/७७ को नामबाट मु द्दा चलेको थियो। उनी पटके अभियुक्त पनि हुन्।

    महान्यायाधिवक्ताको कार्यालयले आफ्नो मागअनुसार, आदेश नआएमा एक तहमाथिको अदालतमा पुनरावेदन गर्न सक्ने नितिगत निर्णय गरेको छ। त्यहिअनुसार, उच्च सरकारी वकिलको कार्यालयले असार २८ गते उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दर्ता गराएको छ।१० वर्षसम्म कैद हुने ब ला त्कार प्रयासजस्तो गम्भीर अपराधमा न्यून धरौटी मागिएकाे र का नुनको गलत ब्याख्या गरि गम्भीर लापरबाही गरिएकाे जनाउँदै उच्च अदालतमा पुनरावेदन गरेको हाे।

    न्यायाधीशविरुद्ध पनि परेकाे थियाे यौ न दुर्व्यवहारको उजुरी : ब ला त्कार प्रयासको मुद्दामा अभियुक्तलाई धरौटीमा छाड्न आदेश दिने काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाश ढुंगानामाथि पनि यसअघि यौ न दुव्र्यवहारको उजुरी परेको थियो। उनलाई तत्कालीन प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा र न्याय परिषदका सदस्य खेमनारायण ढुंगानाले नियुक्त गरेका हुन्।

    उनी २०७० सालमा न्यायाधीश नियुक्त भएका थिए। न्यायाधीश नियुक्त भएको दुई वर्षपछि यौ न दुव्र्यवहारको आरोप लागेको थियो।उनी २०७२ सालमा महोत्तरीको बर्दिबासमा न्यायाधीशको रूपमा कार्यरत रहेको वेला यौ न दुव्र्यवहारको आरोप लागेको हो। उनले बर्दिबासको गौतम होटलमा युवतीलाई यौ न दुव्र्यवहार गरेको भन्दै तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठसँग उजुरी परेको थियो। न्यायपरिषद् स्रोतका अनुसार उनलाई त्यतिवेला सचेत गराएर काममा पठाइएको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.