कपनमा बालिका फ्याँकिएको खबर झुटो, पैसा कमाउन रचिएको नाटक !
हेल्लो टिभी नेपाल /२० श्रावण २०७७, मंगलवार १२:४५ , प्रकाशीत
काठमाडौं। अहिले काठमाडौंको कपनमा कार्टुनमा शिशु फालिएको समाचार निकै चर्चामा छ । गएको साउन १२ गते कपनमा कार्टुनमा बेवारिसे अवस्थामा बालिका भेटिएको भनिएको खबर गलत भएको पुष्टि भएको छ ।
उक्त घटना आमाले नै पैसा कमाउने लोभमा शिशुलाई कार्टुनमा राखेको खुलेको हो । विदेशबाट आएकी एक महिलाले बालगृहकी सञ्चालिका पुष्पा अधिकारीकै योजनामा चौरमा शिशु फ्याकेको रहस्य बाहिर आएको हो । बेबारिसे भेटिएकी उक्त शिशुलाई केयर बालगृहकी सञ्चालिका अधिकारीले पालन पोषणको जिम्मा लिएपछि देश तथा विदेशबाट धेरै नै सहयोगहरु आयो ।
विभिन्न सामाजिक संस्थाहरुले पनि आर्थिक सहयोग गरे । तर हालै उक्त शिशु विदेशबाट आएकी उक्त महिलाले जन्माएको खुलेको हो । उक्त महिला काठमाडौंकै कुनै संस्थामा बसेको र परिचय गोप्य राखिएको प्रहरीले जनाएको छ । उक्त महिलाले बालगृहकी सञ्चालिकासँग मिलेर नाटक गरी चौरमा शिशु फ्याकेको पनि बताइएको छ । अहिले प्रहरीले बालगृहका संस्थापक पुष्पा अधिकारी, शिशुकी आमा र सहयोगीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको जनाइएको छ ।