• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

रहस्य नै रहस्यले भरिएको कैलाश पर्वत : भगवान शिवको वासस्थान मानिन्छ !

  •    हेल्लो टिभी नेपाल  /२० श्रावण २०७७, मंगलवार १३:१७ ,  प्रकाशीत
  • तिब्बतमा रहेको कैलाश पर्वत समुन्द्र सतहदेखी २२ हजार ६८ फुट उचाईमा रहेको छ,यसको उचाईं ६६३८ मीटर छ।कैलाश पर्वतलाई मानसरोवर तलाउले घेरेर रहेको छ।यो पर्वतलाई अलौकिक, चामत्कारिक र रहस्यले भरिएको पर्वत मानिन्छ।कैलाश पर्वत विश्वभरिका हिन्दु -बौद्ध धर्मावलम्बीहरुको श्रद्धा र आस्था सँग जोडिएको छ । पर्यटकीय हिसाबले आकर्षक गन्तव्य भए पनि कैलाश पर्वतको छुट्टै धार्मिक महत्व छ।

    पौराणिक कथन अनुसार शिवका अलवा ब्रह्मा, आदि देवगण मरिचि आदि ऋषि, रावण, भष्मासुर आदिले यहाँ तपस्या गरेका थिए । यस प्रदेशमा व्यास, भीम, कृष्ण, दत्तात्रेय आदिले यात्रा गरेका थिए । आदि शंकराचार्यले यही स्थानमा प्राण त्याग गरेको भनाई पनि पाइन्छ।ब्रह्माण्डको केन्द्र र विश्वको नाभी मानिने कैलाश पर्वत आकाश र धर्तीको विच सम्बन्धको एक विन्दु पनि हो। जहाँ चारै दिशा मिलेको हुन्छ।कैलाश पर्वतलाई विश्वको सबैभन्दा पवित्र स्थान मानिन्छ।

    अहिले यस पर्वतमा चढ्न प्रतिवन्ध लागेको छ।तर ११ औं शताव्दीमा एक तिब्बती वौद्ध भिक्षु चुचुरो सम्म पुगेको भनाई छ। त्यसपछि अहिलेसम्म कसैले पनि यो पर्वत चढ्न सकेका छैनन्।सिन्ध,ब्रम्हपुत्र,सतलज र कर्णाली चार महान् नदीको स्रोत कैलाश पर्वत हो।कैलाश पर्वतको हिउँ पग्लेर दुई विशाल ताल मानसरोवर र राक्षस ताल बनेका छन्।

    मानसरोवर ताललाई विश्वको सबैभन्दा ठूलो शुद्ध पानीको स्रोत मानिन्छ।कैलाश पर्वतको चारैतिर अलौकिक शक्तिको प्रवाह हुने कैलाश पर्वत र यसको आसपासको वातावरण अध्ययन गरिरहेका वैज्ञानिक जार निकोलाईले तिब्बती धर्मगुरुको भनाई उद्धृत गर्दै बताएका छन्।कैलाश पर्वतलाई भगवान शिवजीको स्थायी वासस्थान भएको मानिन्छ।जहाँ शिव भगवान र माता पार्वती विराजमान छन्।

    तिव्बती,बौद्ध,जैन र हिन्दु चार धर्मको अध्यात्मिक केन्द्र हो कैलाश पर्वत। कैलाश पर्वत आरोहण गर्ने थुप्रै पटक प्रयत्न गरेपनी कुनैपनि पर्वतारोहीले अहिलेसम्म सफलता हात पार्न सकेनन्। कैलाशमा शिव भगवान ध्यान मुद्रामा बसिरहेका हुनाले यसको चुचुरोसम्म कोहिपनि पुग्न नसकेका धार्मिक विश्वाश छ।

    सन् २००१ बाट चीन सरकारले कैलाश पर्वत चढ्न प्रतिवन्ध लगाईएको छ।कैलाश पर्वतमाथी थुप्रै अध्ययन र अनुसन्धान भएपनी यसका थुप्रै रहस्यको बारेमा विश्वका ठूलाठूला वैज्ञानिकहरुले एक छेउ पत्ता लगाउन सकेका छैनन्।कैलाश पर्वत चढ्ने कोसिश गरेका पर्वतारोहिहरुको फरक – फरक अनुभव रहेको छ । कसैले पर्वतारोहण गर्न लाग्दा बेगले आधी आएको त कसैको मुटु दुखेको र केहीले सही बाटो जाँदाजादै बाटो भुलेको र केहीले बाटै गायब भएको बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.