• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

सं क्रम ण बढेसँगै सुनसरीको पालिकाहरुमा धमाधम लकडाउन

  •    हेल्लो टिभी नेपाल  /२० श्रावण २०७७, मंगलवार २२:१३ ,  प्रकाशीत
  • प्रत्येक वर्ष भाद्र कृष्ण पक्षमा मनाइने गाईजात्राको दिन धेरैले सम्झिने ठाउँ हो, भक्तपुर। यहाँ गाईजात्रा हेर्न काठमाडौं उपत्यकाका मात्र नभई काभ्रेदेखिका मानिसहरु समेत आउँछन्। भक्तपुरका विभिन्न क्षेत्रबाट गाईजात्राको दिन बाजागाजासहित निकालिने झाँकीले नगर परिक्रमा गर्दा ठूलो भीडसमेत लाग्ने गर्दछ।

    कोरोना भाइरस सङ्क्रमणका कारण यो वर्ष गाईजात्रा पर्व विगत जस्तो उत्सवमय हुन पाएन। तर पनि आज मनाइएको भक्तपुरको गाईजात्रा पर्वमा ठूलै भीडभाड देखिएको थियो।

    कोरोना भाइरस सङ्क्रमण रोक्न भीडभाड नगरी सामान्य रुपमा औपचारिकतामा मात्रै गाईजात्रा मनाउन नगरपालिकाले आह्वान गरे पनि ठूलै भीडभाड देखिएको थियो। मंगलबार बिहान भक्तपुरमा निकै भीडभाड र बाक्लो उपस्थितिमा गाईजात्रा पर्व मनाइयो भने साँझ पनि उस्तै ठूलो भीडमा गाईजात्रा मनाइएको छ। दिउँसो भने विगत वर्षका तुलनामा केही कम मात्रै मानिसको उपस्थिति रहेको थियो। घिन्ताङ्घिसी नाचका साथै माक प्याख नाच, अन्य विभिन्न नाच र व्यङ्ग पनि प्रस्तुत गरिएको थियो।

    गाईजात्रा पर्वको दिन दिवङ्गत आत्माको सम्झनामा गाईलाई घुमाउने गरिन्छ भने कतिपयले माटोको गाई बनाएर घुमाउने गर्दछन्। साथै मानिसलाई विभिन्न रुपमा सिङ्गारपटार गरेर शहर परिक्रमा गराएर मनाइन्छ।

    यसपर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्यात्मक प्रदर्शन र नाचगान पनि गरिन्छ। गाईजात्राको दिन भने अभिव्यक्ति स्वतन्त्रता थियो। मंगलबार र बुधबार पनि गाईजात्रामा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजना गर्ने परम्परा छ ।

    गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा, पोखरामा प्रायः नेवारी समुदायले मनाउने गर्दछन्। यस वर्ष कोरोना महामारीको विषम परिस्थितिलाई मध्यनजर गर्दै सरकारले भीडभाड गरेर जात्रा–पर्व नमनाउन सबै जन समुदायलाई अपिल गरेको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.