• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

पुष्पा अधिकारीको बालगृहवाट सबै बालबालिकाको उद्दार, राष्ट्रिय बालअधिकार परिषदले लियो जिम्मा – भिडियो सहित

  •    हेल्लो टिभी नेपाल  /२१ श्रावण २०७७, बुधबार २१:४८ ,  प्रकाशीत
  • काठमाडौं । बालगृहमा जिम्मा दिएको बच्चालाई वेवारिसे फेलापारेको भन्दै मिडियावाजी गरेपछि विवादमा आएकी पुष्पा अधिकारीको केयर बालगृहमा रहेका अन्य बालबालिकाको उद्दार गरिएको छ । काठमाडौं कपनको केयर बालगृहमा रहेका ११ जना बालबालिकालाई राष्ट्रिय बालअधिकार परिषदले उद्धार गरेको हो । वैदेशिक रोजगारीका लागि विदेशमा रहेकी महिला गर्भावस्थामा आएर नेपालमा बच्चालाई जन्म दिएपछि सो बच्चा बालगृहमा जिम्मा दिइएको थियो । तर बालगृहकी संचालक पुष्पा अधिकारीले वेवारिसे फेला पारेको भन्ने देखाउन सडकमा लगेर बच्चालाई राखेकी थिइन् ।

    बेवारिसे बच्चा फेला परेको र आफुले संरक्षण गरेको भन्दै मिडियावाजी गरेपछि विवादित भएको सो बालगृहवाट सबै बालबालिकालाई उद्दार गरिएको हो । बुधबार परिषद र केन्द्रीय बालबालिका खोजतलास समन्वय केन्द्रले बुढानीलकण्ठ नगरपालिकाको महिला, बालबालिका एवं ज्येष्ठ नागरिक शाखा र बुढानीलकण्ठ नगरपालिका– ११ का वडाध्यक्ष राजु अधिकारीको रोहबरमा ११ जनाको उद्धार गरिएको हो ।

    उद्धार गरिएका सबै ११ बालबालिकालाई सरकारको अस्थायी संरक्षण केन्द्रमा राखिएको छ । यी बालबालिकामध्ये परिवार हुनेलाई परिवारको जिम्मा लगाउने र परिवार नहुनेलाई संरक्षण केन्द्रमा राख्ने राष्ट्रिय बालअधिकार परिषदकी कार्यक्रम अधिकृत नमुना भुसालले जानकारी दिइन् ।
    उनले चार वर्ष अघि देखि आफ्नै घरमा बालबालिकालाई संरक्षण दिँदै आएकी थिइन् । एक वर्ष यत यस्तै युट्युवरहरुको सहयोगवाट रकम पनि संकलन भएको थियो । उनलाई बच्चा देखाएर पैसा उठाउने धन्दा गर्न लागेको आरोप लागेको छ ।

    तर उनले विदेशमा ब ला त्कृ त भएर गर्भवती अवस्थामा आएकी महिलार्ला सामाजिक लाञ्छनावाट बचाउन आफुले यस्तो गरेको बताएकी छन् । वच्चा बेवारिसे फेला परेको भन्दै भिडियो सार्वजनिक भएपछि बच्चाको आमाले आफ्नो सन्तान पनि फिर्ता लिएर गएकी छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.