• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

कालिन्चोक भगवतीले हामी सबैको कल्याण गरुन,वि.सं.२०७७ साउन २२ गते बिहीवारको राशिफल हेर्नुहोस्

  •    हेल्लो टिभी नेपाल  /२१ श्रावण २०७७, बुधबार २२:१६ ,  प्रकाशीत
  • वि.सं.२०७७ साउन- २२,बिहीवार, ई.सं.२०२० अगष्ट – ६,शक संवत्-१९४२,नेपाल संवत्-११४० गुँलागा,प्रमादी,दक्षिणायन,वर्षा,भाद्र कृष्णपक्ष तिथि-तृतीया , २२:४८ बजे उप्रान्त चतुर्थी,नक्षत्र-शतभिषा , ११:१० बजे उप्रान्त पूर्वभाद्रपदा,योग-शोभन , ०६:०२ बजे उप्रान्त अतिगण्ड,करण-वणिज १०:०८ बजेदेखि भद्रा , २२:४८ बजे उप्रान्त कौलव,चन्द्रराशि-कुम्भ,आनन्दादि योग-वज्र, सूर्योदय-५:३० ,सूर्यास्त-१८:४७ ,दिनमान-३३ घडी १३ पला,पञ्चक।

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – शुभ कुराको सङ्केत मिल्नेछ ,चोटपटकको सम्भावना छ,वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ, सामानहरू छुट्ने/हराउने सम्भावना छ,आजको शुभ अंक २ रहेको छ ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – शत्रु र रोगबाट पनि छुटकारा मिल्नेछ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला,आजको शुभ अंक ४ रहेको छ ।

    मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ,विश्वास जित्नै अघि बढ्न सकिने छ,आजको शुभ अंक ९ रहेको छ ।

    कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – पठन–पाठनमा प्रगति हुनेछ,रोजगारीमा सफलता मिल्ने छ,अस्वस्थताका बीच कामको बोझ बढ्नेछ,आफन्त बीच अविश्वास बढ्ला, आजको शुभ अंक ६ रहेको छ ।

    सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,लगानी बढाउँदा व्यवसायबाट लाभ मिल्न सक्छ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,आजको शुभ अंक ७ रहेको छ ।

    कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– सुरक्षाकर्मी बाट अपमानित हुनुपर्ला,आर्थिक समस्या पर्ने छ झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,राजनीति र नोकरीमा लाग्नेहरूलाई फाइदा हुनेछ,आजको शुभ अंक ४ रहेको छ ।

    तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) – प्रतिकूल परिस्थितिले तपाईंको पक्षमा कोल्टे फेरेको छ,केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,फसिने डरले सताउन सक्छ, झगडा पनि हुनसक्छ,आजको शुभ अंक ३ रहेको छ ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ ,साइनो गाँस्नेहरूले भने दुःख दिनेछन्,आजको शुभ अंक ७ रहेको छ ।

    धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ,अप्रिय समाचारले दुःखी बनाउन सक्छ,किनमेल गर्दा सजग रहनु होला,अधुरा कामहरू बन्नेछन्,आजको शुभ अंक ५ रहेको छ ।

    मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,विपरीत लिंगी साथीले नयाँ उपलब्धि हात पार्दा हर्षित भइनेछ, आजको शुभ अंक ८ रहेको छ ।

    कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– छरछिमेकमा केही असमझदारी बढ्ने योग छ,बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिएला,घरायसी व्यवहारबाट टाढै रहँदा करियर बनाउन सहज हुनेछ,आजको शुभ अंक १० रहेको छ ।

    मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ,गुमेको विश्वास फर्कने वातावरण पनि मिल्नेछ,आजको शुभ अंक १ रहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    ताजा अपडेट
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    आईजिपी दान बहादुर कार्कीको प्रयासपछि नेपाल प्रहरीको राशन स्केल बृद्धि
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.