• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

सडक क्षेत्र मिचेर बनाइएका घर भत्काइए

  •    हेल्लो टिभी नेपाल  /२१ श्रावण २०७७, बुधबार २२:३९ ,  प्रकाशीत
  • रुपन्देही / बुटवल उपमहानगरपालिकामा सडक क्षेत्र मिचेर बनाइएका घर आज भत्काइएको छ । वडा नं ९ र ११ मा पर्ने कालिका पथलाई ८२ फुटको बनाउने क्रममा सडक क्षेत्र मिचेर बनाइएका घर डोजर लगाएर भत्काइएको हो ।

    सडकको क्षेत्राधिकार ओगटेर बनेका संरचना हटाउन पटकपटक घरधनीलाई आग्रह गरिए पनि अटेर गरेपछि डोजर चलाउनु परेको बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए । उपमहानगरपालिकाले प्रहरीको सुरक्षा घेरा बनाएर डोजर चलाएको हो । सडक क्षेत्रका अधिकांश घर हटाए पनि केही घरधनीले अटेरी गर्दै आएका थिए ।

    प्रवक्ता रेग्मीका अनुसार सडकको क्षेत्राधिकार मिचेका घर भत्काउन आग्रह गर्दा पनि अटेरी गरेपछि उपमहानगरपालिकाले यही साउन १९ गते २४ घण्टाको म्याद दिएको थियो । उपमहानगरपालिकाले दिएको अन्तिम म्यादसम्म पनि घरधनीले घर नभत्काएपछि प्रहरीको सुरक्षामा डोजर चलाइएको उनले बताए ।

    बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष खेम हमालसहित सात जनाको घर आज भत्काइएको हो । कालिका पथलाई बुटवल उपमहानगरपालिकाले वैकल्पिक सडकको रुपमा विस्तार गर्ने योजना बनाएको छ । पुरानो बसपार्कदेखि भित्री सडक योगीकुटीसम्मको कालिका पथ भनिने यो सडकलाई विस्तार गरी २५ मिटर फराकिलो बनाइने छ ।

    यो सडकको विस्तारका लागि प्रदेश नं ५ सरकारले बजेट व्यवस्था गर्नेछ । बुटवल उपमहानगरपालिकाले यो सडकलाई नमूना बनाउने जनाएको छ । विस्तृत परियोजना प्रतिवेदनमा यो सडक विस्तारको काम सम्पन्न हुन झण्डै रु एक अर्ब खर्च हुने उल्लेख छ ।

    विसं २०५४ मै यो सडकलाई ८२ फुट (२५ मिटर) कायम गरी विस्तारको योजना बनाइएको थियो । केही व्यक्तिको अवरोधका कारण सडक मिचिएका संरचना भत्काउन नसक्दा विस्तार हुन सकेको थिएन । अहिले अधिकांश स्थानीयवासीको साथ पाएपछि मूल सडकजस्तै भित्री सडक पनि स्तरोन्नति गर्न लागिएको हो ।

    सडक यो आर्थिक वर्षमै सम्पन्न हुने उपमहानगरपालिकाले जनाएको छ । “केही घरधनीले अटेर गर्दा सडक विस्तारको काममा अवरोध आएको थियो तर अब काम दु्रत गतिमा अघि बढ्छ”, उपमहानगरपालिकाका प्रवक्ता रेग्मीले भने, “ भदौमा नाली सम्पन्न भई आगामी असारसम्म सडक विस्तारले पूर्णता पाउँछ ।”

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.