• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

अनलाइन टिभी पत्रकार सङ्घले युट्युबरलाई भन्यो ‘यो अति भयो आचारसंहिता पालना गर्नुस्’

  •    हेल्लो टिभी नेपाल  /२३ श्रावण २०७७, शुक्रबार १५:५७ ,  प्रकाशीत
  • काठमाडौं । युट्युबलगायतका अनलाइन टिभी सञ्चारकर्मीहरुका बीचमा ब्यक्तिगत फाइदाका लागि सम्बेदनशिल विषयलाई पनि भाइरल बनाउने होडवाजी चलेपछि अनलाईन टिभी पत्रका संघले ध्यानाकर्षण भएको जनाएको छ । अनलाईन पत्रकारीता गर्ने र युट्युव सञ्चालकलाई संघले पत्रकार आचारसंहिता २०७३ को मर्मअनुसार काम गर्न आग्रह गरेको छ ।

    बालगृह सञ्चालिका पुष्पा अधिकारीसँगको विषयलाई लिएर पछिल्लो पटक युट्युव सञ्चालकहरुको चर्का आलोचना हुन थालेको छ । कुरा गर्दा पत्रकारीताको मर्मको ख्याल नगरिएको, संवेदनशिल विषयलाई भाइरल बनाउने होडवाजी चलेको जस्तो कृयाकलाप देखिएपछि संघले यस्तो आह्वान गरेको हो ।

    केही अनलाइन टिभी सञ्चारकर्मीहरु पुष्पाको घरमा गएर ढोकामा भिड गर्ने, अनावश्यक हो-ह-ल्ला गर्ने गरेको भन्दै पुष्पाले गुनासो समेत गरेकीछन् । उनले युट्युवरहरुले आफुलाई त’ना’व दिएको बताएकी छन् । यस्तो व्यवहारलाई लिएर सर्वत्र चासो व्यक्त भइरहेका बेला सङ्घले त्यस्तो व्यवहार नगर्न र पत्रकार आचारसंहिताको ख्याल गर्न आग्रह गरेको हो ।

    सङ्घका महासचिव राजु सुवेदीद्वारा जारी वक्तव्यमा तत्काललाई पत्रकार आचारसंहिता २०७३ नै पालना गर्न र चाँडै नै अनलाइन टिभी पत्रकार आचारसंहिता जारी गर्न लागिएको उल्लेख गरिएको छ ।

    सङ्घले युट्युबरलगायतका अनलाइन टिभी पत्रकारलाई सामाजिक दायित्व नभुलेर आफूलाई सुधार्दै लैजान आग्रह पनि गरेको छ । सञ्चार कानूनले नयाँ माध्यमलाई सहजै समेट्न नसकेको र अर्कोतर्फ नयाँ सञ्चार क्षेत्रमा क्रियाशीललाई सिक्ने, सिकाउने र सङ्गठित हुने वातावरण पनि बनिनसकेकाले अन्यौलता रहँदै आएको वक्तव्यमा लेखिएको छ ।

    गत वर्ष माघ २४ गते नेपालमा पहिलो पटक अनलाइन टिभी सञ्चालकको पहिलो राष्ट्रिय भेलामार्फत गठन भई दर्तासमेत भइसकेको अनलाइन टिभी पत्रकार सङ्घले सबै अनलाइन टिभी पत्रकारलाई सङ्घमा आबद्ध भएर यस क्षेत्रको शुद्धीकरण र सुदृढीकरणमा लाग्न आग्रह गरेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    ताजा अपडेट
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    आईजिपी दान बहादुर कार्कीको प्रयासपछि नेपाल प्रहरीको राशन स्केल बृद्धि
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.