• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

घरमा सधैँ लक्ष्मीको बास चाहानुहुन्छ ? राख्नुस् यस्ता मूर्ति र प्रतिमा

  •    हेल्लो टिभी नेपाल  /२४ श्रावण २०७७, शनिबार ०७:३९ ,  प्रकाशीत
  • लक्ष्मीलाई धन तथा सुखकी देवीको रुपमा पूजिन्छ । हरेक व्यक्ति आफ्नो घरमा लक्ष्मीको वास होस् भन्ने चाहन्छन्।अधिकांश मानिसले कुनै न कुनै रुपमा लक्ष्मीलाई आफ्नो घरको पूजा कोठामा स्थापित गरेका पनि हुन्छन् । तस्विर होस् या मूर्ति, लक्ष्मीको रुप हरेक घरमा देखिन्छ ।

    सायदै मानिसलाई मात्र थाहा होला, लक्ष्मीको कुन चाहिँ प्रतिमा आफ्नो लागि शुभ हुन्छ भनेर । लक्ष्मीको यस्ता मूर्तिले तपाईंको घरमा सुख, समृद्धि ल्याउन सक्छ ।यदि तपाईंसँग लक्ष्मीको मूर्ति छैन भने शुक्रबारको दिन तपाईंले लक्ष्मीको मूर्ति स्थापना गर्न सक्नु हुनेछ ।

    शास्त्रअनुसार धन सम्बन्धी आवश्यकताको पूर्ति गर्ने हो भने महालक्ष्मीलाई प्रसन्न पार्न आवश्यक हुन्छ । महादेवीलाई प्रसन्न पार्न प्रत्येक दिन यस किसिमले विधिवत रुपमा पूजा गर्नु पर्ने हुन्छ ।यसका साथै जुन घरमा सुन तथा चाँदीले बनेको महालक्ष्मीको मूर्ति राखिन्छ त्यस घरमा कहिल्यै पनि गरिबीको बास नहुने धार्मिक विश्वास रहिआएको छ ।

    पैसासँग जोडिएको समस्यालाई हटाउनका लागि महालक्ष्मीका साथै भगवान विष्णुको पूजा गर्नु उपयुक्त हुन्छ । देवी लक्ष्मी भगवान विष्णुकी पत्नी हुन् । त्यसैले विष्णुको पूजा गर्ने भक्तप्रति धनकी देवी लक्ष्मीको विशेष कृपा रहने विश्वास गरिन्छ ।

    किन महत्वपूर्ण छ सुन र चाँदीको मूर्ति ?जुन घरमा सुन वा चाँदीबाट बनेको महालक्ष्मीको मूर्ति हुन्छ त्यहाँ देवी लक्ष्मीको कृपा सदैव हुन्छ । साथै, हेरक दिन सुन वा चाँदीको उक्त मूर्तिलाई पूजा गरिनु पर्ने छ । सुन वा चाँदीबाट बनेको मूर्तिको पूजा गर्ने श्रद्धालु भक्तले कहिल्यै पनि दरिद्रताको सामना गर्न नपर्ने धार्मिक विश्वास छ ।

    सुन वा चाँदीको मूर्ति ल्याउन नसके ?सुन वा चाँदीको मूर्ति ल्याउन नसकेको खण्डमा पितलको मूर्ति भए पनि घरमा ल्याउन सक्नु हुनेछ । मूर्तिका लागि पितललाई पनि शुभ मानिन्छ । धेरैजसो मन्दिरमा पितलकै मूर्ति स्थापना गरिएका हुन्छन् । तपाईंले पितलको मूर्तिको पूजाआराधना गरेर पनि घरमा सुख–शान्ति ल्याउन सक्नु हुनेछ ।

    यस्तो हुन आवश्यक छ लक्ष्मीको मूर्ति:– माता लक्ष्मीको मूर्ति कमलको फूलमाथि विरासित हुनु पर्नेछ ।– मूर्तिको हातमा धनको कलश, कमलको फूल, शंख तथा एक हात आशिर्वादको मुद्रामा हुनु पर्नेछ ।– लक्ष्मीको मूर्तिसँगै गणेशको पनि मूर्ति भएको खण्डमा अझ लाभ मिल्नेछ ।– घरको पूजा कोठामा श्रीयन्त्रलाई पनि स्थापना गर्ने हो भने धन र सुख प्राप्त गर्न सकिने छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    ताजा अपडेट
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    आईजिपी दान बहादुर कार्कीको प्रयासपछि नेपाल प्रहरीको राशन स्केल बृद्धि
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.