• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

किरात, हिन्दु र बौद्धको संयुक्त धार्मीक स्थल हलेसी

  •    हेल्लो टिभी नेपाल  /२४ श्रावण २०७७, शनिबार ०८:१४ ,  प्रकाशीत
  • जिल्ला समन्वय समिति खोटाङले त्रिधार्मिकस्थल हलेसीको गुरुयोजना कार्यान्वयनलाई विशेष प्राथमिकता दिएको छ । जिल्ला समन्वय समिति खोटाङको सोमबार सम्पन्न चौथो जिल्लासभामा जिसस प्रमुख बबि चाम्लिङले प्रस्तुत गरेको प्रस्तावलाई जिल्लासभाले पारित गरेको हो ।

    जिल्लासभाले हलेसीको बृहत्तर गुरुयोजना कार्यान्वयन गर्न आवश्यक समन्वय गर्ने गरी वार्षिक कार्यक्रमसमेत तय गरेको छ । सांसद विशाल भट्टराईको संयोजकत्वमा बनेको समितिले गुरुयोजना निर्माण गरिसकेकाले कार्यान्वयनका लागि जिल्लासभाद्वारा निर्णय पारित गरिएको प्रमुख चाम्लिङले बताए ।

    किराँत, हिन्दू र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र हलेसीलाई व्यवस्थित र दिगो विकास गर्दै पर्यटन प्रवद्र्धन गर्न हलेसी तुवाचुङ नगरपालिकाको पहलमा विसं २०७५ जेठदेखि गुरुयोजनासम्बन्धी प्रारम्भिक चरणका काम थालिएको थियो । दैनिक पर्यटक तथा दर्शनार्थीको भीड लाग्ने हलेसीलाई व्यवस्थित गर्न सकेमा आर्थिक आयआर्जनको केन्द्र बनाउन सकिने सम्भावनालाई मध्यनजर गर्दै गुरुयोजना कार्यान्वयनमा जोड दिइएको हो ।

    जिसस प्रमुख चाम्लिङले धार्मिक तथा पर्यटकीयस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि पहल गर्न सबैलाई आग्रह गर्नुभएको छ । “हलेसी खोटाङको मात्र नभई नेपालकै लागि एउटा महत्वपूर्ण धार्मिक सम्पदा हो”, उहाँले भन्नुभयो, “यसलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरेर विकास तथा प्रवद्र्धन गर्न सबैले हातेमालो गर्न आवश्यक छ ।”

    यसैबीच जिल्लासभाले खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको कामलाई पूर्णता दिन सहयोग गर्ने भएको छ । जिल्लासभाले ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको कामलाई सम्पन्न गर्नका लागि आवश्यक समन्वय गर्ने गरी वार्षिक कार्यक्रम ल्याएको हो ।

    खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाले जिल्लाको समृद्धिमा समेत महत्वपूर्ण टेवा पु¥याउने भएकाले यसको सफलताका लागि सहयोग गरिने जनाइएको छ । लामीडाँडाको रँभुवाबजारमा १६० मिटर अग्लो बाँध हालेर बनाइने जलाशयबाट १३।५ किलोमिटर हेडरेस सुरुङमार्फत हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा पानी खसाएर विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।

    जिल्लासभाले साविकको सदरमुकाम दिक्तेल बजारबाट स्थानीय तहको केन्द्रसम्म पुग्ने सडक कालोपत्र गर्न सम्बन्धित निकायसमक्ष समन्वय गर्ने, खोलानालामा मोटरेबल पुल बनाउन पहल गर्ने, प्रत्येक स्थानीय तहमा कलेज स्थापना गर्न र दिक्तेल बहुमुखी क्याम्पसको स्तरोन्नतिमा पहल गर्ने, हरेक स्वास्थ्यचौकीको स्तरोन्नति गर्ने, हरेक स्थानीय तहमा मेडिकल चिकित्सकसहितको अस्पताल स्थापनाका लागि पहल गर्ने, जिल्ला अस्पतालमै कोभिड–१९ को पिसीआर परीक्षण उपकरण जडान गर्ने र पिसीआरका लागि अन्यत्र स्वाब पठाउनुपर्ने बाध्यता अन्त्य गर्ने प्रस्ताव पारित गरेको छ ।

    यस्तै हलेसी, तुवाचुङ, जायजुम, बराहताल, सोनापाताल, जन्तेढुङ्गा, धिप्लुङ झरना, टेम्केडाँडा, मझुवागढी, भुलभुले दूधकुण्ड, रुपाकोट, चिलिमढुङ्गा, ढालतरवारडाँडा, केपिलासगढीलगायतका पर्यटकीयस्थलको पर्यटन प्रवद्र्धनका लागि पहल गर्ने, फेदी, पाथेका र निर्मलीडाँडाको माथिल्लो क्षेत्रमा पाइने दुर्लभ रेडपाण्डा संरक्षण गर्ने, जिल्ला समन्वय समितिको हाताभित्र खोटाङ स्तम्भ निर्माण गर्नेलगायतका प्रस्ताव पारित गरिएको छ ।

    कार्यक्रममा जिसस प्रमुख चाम्लिङले वर्ष दिनभित्र सञ्चालन गरेका काम तथा आयव्यायका बारेमा जानकारी दिनुभएको थियो । चाम्लिङले आर्थिक वर्ष २०७७/७८ का लागि सङ्घीय सरकारबाट प्राप्त भएको रु एक करोड ३८ लाख २० हजार रकम विनियोजन गरिएको बताउनुभयो ।

    कार्यक्रममा प्रदेशसभा सदस्य रामकुमार राईले सङ्घ, प्रदेश र स्थानीय सरकारले पर्यावरण संरक्षणलाई ध्यान नदिई सडक खन्ने काममा मात्र बजेट खन्याएको उल्लेख गर्नुभयो । कार्यक्रममा दुई नगरपालिका र आठ गाउँपालिकाका प्रमुख, उपप्रमुखलगायतको उपस्थितिमा खोटाङको चौथो जिल्लासभा सम्पन्न भएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.