• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

आगामी चुनावमा काँग्रेस पहिलो पार्टी बन्छ: नेता खड्का

  •    हेल्लो टिभी नेपाल  /३२ श्रावण २०७७, आईतवार २०:४१ ,  प्रकाशीत
  • प्रमुख प्रतिपक्षी दल कांग्रेस १४ औं महाधिवेशनको तयारीमा जुटिरहेको छ । केन्द« देखि स्थानीय तहसम्म, नेता देखि कार्यकर्तासम्म यतीखेर महाधिवेशन छाएको छ । आरोप प्रत्यारोप तथा विभिन्न विवादहरु पार्टीभित्र यथावत नै छ । चुनाव लक्षित विभिन्न गुट तथा उपगुटहरु पनि यतिबेला जन्मिरहेका छन् । सोही विषयमा पत्रकार नारायण तिवारीले नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ५ का महासमिति सदस्य, लोकप्रिय नेता एवं कुशल संगठक श्याम खड्कासंग कुराकानी गरेका छन् ।

    महाधिवेशन कत्तिको लागिरहेको छ ?
    महाधिवेशन लागिरहेको छ । यो कांग्रेसीहरुको महत्वपूर्ण पर्व हो । यो लाग्नु पनि पर्छ । महाधिवेशनले नेपाली कांग्रेसको भविष्य निर्धारण गर्छ । महाधिवेशन भब्य तथा सभ्य रुपमा सम्पन्न गर्नका लागि कार्यकर्ताहरु देशभरी उत्साहित बनेका छन् ।

    पार्टीभित्रकै कतिपय मानिसहरुले महाधिवेशन अनिच्चित बनेको कुराहरु बताईरहेका छन् । तपाईलाई चै के लाग्छ निर्धारीत मितीमा नै महाधिवेशन होला रु
    अवश्य हुन्छ । म त अझ के भन्छु भने महाधिवेशन ३–३ वर्षमा हुनु पर्छ । जटिल समयको अवस्थामा ६ महिना थप हुनुपर्छ । यसले पार्टीका कार्यकर्ताहरुमा थप जोश जाँगर ल्याउछ ।

    तर श्याम जी महाधिवेशन ३–३ वर्षमा गरेपनि २–२ वर्षमा गरेपनि आउने नेता उहि नै होइनन् ? 
    नेतृत्व पुरानो आउने वा नयाँ आउने सवालमा म के भन्छु भने राम्रो काम गरेको छ भने पार्टीका क्रियाशील सदस्यहरुले राम्रो मान्छेलाई छान्छ । त्यसै कारणले नेताहरुलाई पनि एउटा डर हुनुपर्यो । अहिले के छ भने ४ वर्ष प्रावधान राखीदिएको छ । विशेष अवस्थामा १ वर्ष थप्न पाइन्छ । फेरि त्यसमा पनि विशेष अवस्थामा अर्को ६ महिना थप्न पाइन्छ । यसले गर्दा ५ वर्ष मेरा लागि सुरक्षित छ भन्ने जुन मानसिकता हुन्छ, त्यसलाई अन्त्य गर्नका लागि नेताहरुलाई सचेत गराउन ३ वर्षमा अधिवेशन गराउनु पर्छ भन्ने मेरो भनाई हो ।

    पार्टी भित्रै व्यापक आलोचना छ, नेतृत्व भएन भन्ने तपाईहरुकै पार्टीभित्रै व्यापक गुनासो छ फेरि पनि पुरानै नेताहरुको पुनारावृत्ति भइरहेको छ । महाधिवेशनले पनि नयाँ कुरा त के ल्याउला र ?
    नयाँ कुरा अवश्य ल्याउछ । किनभने पार्टी स्थापना भएदेखि अहिलेसम्म कति नेतृत्वहरु प्रिवर्तन भइसके । अब आउने महाधिवेशनबाट पनि नयाँ नेतृत्व चयन हुन्छ । राम्रो काम गर्ने नै चयन हुने हो ।

    नेपाली कांग्रेसमा यतीबेला चुनाव लक्षित विभिन्न गुट उपगुटहरु निर्माण भइरहेको छ । यसले पार्टीलाई बलियो बनाउछ रु
    अवश्य बलियो बनाउछ । किनभने लोकान्त्रीत पद्धतीमा चुनाव हुनु पर्छ । चुनाव भएपछि गुट–उपगसट हुन्छ ।

    विगतमा गुट उपगुटले पार्टी नराम्रो भइरहेको हो नी हैन र ?
    प्रतिस्पर्धा भएपछि गुट उपगुट भइहाल्छ नी ।

    अब नेतृत्वले गुट उपगुट सम्हाल्ने की पार्टीलाई अघि बढाउने ?
    त्यो त नेतृत्वले मिलाउन सक्नु पर्छ । चुनावको बेलामा मात्र गुट उपगुट बनाउने हो ।त्यसले प्रतिस्पर्धाको वातावरण देखाउछ र राम्रो मान्छे चयन हुन्छ । त्यसपछि भने गुट उपगुट बन्द हुनु पर्छ र पार्टीलाई राम्रोसंग चलाउनु पर्छ ।

    तर त्यो व्यवहारमा त देखीदैंन नी रु विगतमा त्यो देखीसकेको छ । अहिलेसम्म पनि पार्टीले एक ढिक्का भएर किन काम गर्न सकिरहेको छैन रु
    त्यो छ, हेर्दा देखीन्छ । तर त्यो नेतृत्वले मिलाउनु पर्यो नी त । यती त्याग तपस्या गरेको नेताहरुले सोच्नु पर्यो के त्यो कुरा ।

    नेपाली कांग्रेसमा पूरानो पुस्तालाई विदा गरेर नयाँ पुस्ता आउने चैं कहिले हो ?
    यो भन्ने भनाई मात्र हो । पार्टीभित्रका २० जना युवा नेताहरु एकै ठाँउ उभिएको देख्नु भएको छ । यो भाषणमा सिमित कुरा मात्र हो । बार्गेनीङ्ग मात्र हो । खै त उहाँहरुमा त्यो जागरुकता देखिएको । त्यसैले त्यो देखाउँने दात मात्र हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    ताजा अपडेट
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    आईजिपी दान बहादुर कार्कीको प्रयासपछि नेपाल प्रहरीको राशन स्केल बृद्धि
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.