• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

खुसीको खबर युवा स्वरोजगार कोषमा नयाँ कार्यक्रम : बाह् हजार युवा स्वरोजगार बन्दै

  •    हेल्लो टिभी नेपाल  /२१ पुष २०७७, मंगलवार १६:०७ ,  प्रकाशीत
  • पौष २१, काठमाण्डौ– बेरोजगारी समस्यालाई स्वदेशमा नै स्वरोजगार श्रृजना गरी देशको सामाजिक र आर्थिक विकास गर्ने उद्देश्यले २०६५ सालमा स्थापना भएको कोषले ७५ जिल्लामा हालसम्म ९ अर्ब ५४ करोड ९६ लाख लगानीमार्फत ७३ हजारभन्दा बढीलाई स्वरोजगार बनाएको दाबी गरेको छ ।

    नवनियुक्त युवा तथा खेलकुदमन्त्री दावा लामाको सम्मानमा सोमबार कोषको कार्यालयमा सम्पन्न एक कार्यक्रममा मनाङ्ग र मुस्ताङ्गबाहेकका ७५ जिल्लामा ७३ हजार ६ शय ३८ जना बेरोजगार युवालाई स्वरोजगार बनाएको बताईएको छ । कार्यक्रममा कोषको भावी कार्यक्रम र कार्यक्रम सञ्चालनमा नीतिगत रुपमा आइपरेका कठिनाईहरुका बारेमा कोषका कार्यकारी उपाध्यक्ष डा। देवराज रोका ९कल्याण० ले मन्त्रीसमक्ष जानकारी गराए ।

    नवनियुक्त युवा तथा खेलकुदमन्त्री दावा लामाले देशमा विद्यमान बेरोजगारीको अन्त्यका लागि नयाँसोच अनुसार पूराना कानुनहरूको परिमार्जन आवश्यक रहेको र त्यसकालागि कोषलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    ‘देशमा विद्यमान बेरोजगारीको अन्त्यका लागि नयाँसोच अनुसार पूराना कानुनहरूको परिमार्जन आवश्यक रहेको र त्यसका लागि कोषलाई आवश्यक सहयोग गर्नेछु,’ उनले भने ।

    ‘कोषको कर्जा युवासम्म पु¥याउन सहकारी संस्थालाई कमिसन वापत ४५ करोड खर्च गर्नुप¥यो, कोष आफैंले युवालाई लगानी गर्ने हो भने, त्यो ४५ करोडले कोषको ७७ जिल्लामा नै संरचना खडा हुन्छ,’ डा। रोकाले भने ।

    त्यस्तै उपाध्यक्ष रोकाले परम्परागत रुपमा अघि बढेको कोषलाई अब फरकढङ्गबाट अघि बढाईनेसमेत बताए । उनले कोशी इकोनोमिक कोरिडोर परियोजनाअन्तर्गत १७ जिल्लाहरु सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, रामेछाप, दोलखा, ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ्ग, उदयपुर, सप्तरी, भोजपुर, सङ्खुवासभा, धनकुटा, तेह्थुम, पाँचथर, ताप्लेजुङ्ग सुनसरीमा माछापालन, लोकल हाँस–कुखुरापालन, बङ्गुरपालन, बाख्रापालन, होमस्टे, ¥याफ्टीङ व्यवसाय सञ्चालन गर्ने बताए ।

    कार्यक्रममा सो जिल्लाका स्थानीय तहसँग साझेदारीका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भईसकेको बताएका छन् । यसअघि कोषले उपलब्ध गराएको थोककर्जा सहकारीले युवाहरुलाई बाँड्ने र त्यसको विवरण कोषमा पठाउँदै आएकोमा प्रारम्भिकतर्फ झापा, मोरङ्ग, रामेछाप, नुवाकोट र बाँके गरी ५ जिल्लामा ३५ सहकारी संस्थामार्फत ४ शय ६८ जना बेरोजगार युवालाई ७ करोड ६५ लाख रुपैयाँ कोषका कर्मचारीसहित स्थानीय जनप्रतिनिधि, प्रदेशस्तरीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारीलगायतको उपस्थितिमा युवालाई रकम हस्तान्तरण गरिएको डा। रोकाले बताए ।

    यो परम्परागत रुपमा चल्दै आएको अभ्यासभन्दा फरक रहेको उनको जिकिर छ ।

    ‘यसअघि कोषले उपलब्ध गराएको थोककर्जा सहकारीले युवाहरुलाई बाँड्ने र त्यसको विवरण कोषमा पठाउँदै आएकोमा त्यसलाई प्रतिस्थापन गरी कोषका कर्मचारीसहित स्थानीय जनप्रतिनिधि, प्रदेशस्तरीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी लगायतको उपस्थितिमा युवालाई रकम हस्तान्तरण गरिएको छ,’ उनले भने, ‘अब कोषमा परम्परागत ढङ्गबाट चल्दै आएको अभ्यासमा फरक ल्याउन शुरु गरिसकिएको छ ।’

    कार्यक्रममा वित्तीय र मानवीय स्रोतका आधारमा देशभरि १२ हजार बेराजगार युवाहरुलाई स्वरोजगार बनाउने कार्यक्रम सार्वजनिक गरेको छ । त्यसको लागि कोषले लगानीको मोडालिटीलाई समेत थप परिमार्जन गर्दै नगरपालिका, गाउँपालिका, प्रादेशिक सरकार, सङ्घीय सरकारका रोजगारी, स्वरोजगारी सृजना गर्ने विभिन्न कोष र संस्थाहरु विच सहकार्य र साझेदारीको नीतिलाई अगाडी बढाएको छ ।

    कार्यक्रममा खेलकुदसचिव रामप्रसाद थपलिया, सह–सचिव मधुसुदन बुर्लाकोटीलगायतको उपस्थिति थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    ताजा अपडेट
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    आईजिपी दान बहादुर कार्कीको प्रयासपछि नेपाल प्रहरीको राशन स्केल बृद्धि
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.