भाईरल मुस्लिम अलिफले लगाए पहिलो पटक ढाका टोपि, ईन्द्रेण्नीमा लैजाने यस्तो तयारी ( भिडियो सहित )
तपाईको प्रतिक्रिया





काठमाडौ/ तिमीसँग भेट्न मन लागेर, स्कुलबाट आउथेँ म भागेर, फूलमा मौरी डुल्ने बेलामा कोदो रोप्दा लाएको पिरती छुट्यो तोरी फुल्ने बेलामा’ यो गीतले भने झैं अलिम खानको पिरती पनि नफुल्दै झरी दिएको छ ।
पाल्पाका अलिम स्वरका धनी मात्र रहेनछन् उनी मनका पनि उत्तिकै धनी रहेछन् । यो कुरा उनको बोली र व्यबहारबाट थाहा हुन आउँछ । मुस्लीम भएकै कारण प्रेमीकाले आफुलाई स्वीकार गर्न नसेको सुनाउँदा पनि उनले आफ्नो पूर्व प्रेमीकालाई निकै नै सम्मानले बोले ।
अलिमले नेपाली गीतसंगीतलाई मन पराएर गीतसंगीतमा नै आफ्नो जीवन समर्पित गरेर भविष्य खोज्दै हिंडेको आज १० वर्ष भएको रहेछ । पाल्पादेखि गीतसंगीतको क्षेत्रमा केही गर्छु भन्ने सोंचेर काडमाण्डौ आएका अलिमलाई काठमाण्डौले भने आजसम्म चिन्न सकेन ।उनीसंग भएको प्रतिभालाई हेर्ने हो भने अहिलेसम्म त अलिम नेपाली गीतसंगीतको क्षेत्रमा एउटा स्टारको रुपमा चिरपरिचत भई सक्नुपर्ने हो । तर उनकोलागी त्यो प्लेट फर्म काठमाण्डौले दिनै सकेन । उनका कुरा तलको भिडियोमा सुनौं । भिडियोसहित: