• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

कोभिड-१९ का कारण एक वर्षदेखि बन्द चोभारमा रहेको हुप्पील्यान्ड सञ्चालनमा

  •    हेल्लो टिभी नेपाल  /२३ चैत्र २०७७, सोमबार १७:३७ ,  प्रकाशीत
  • काठमाडौँ – चोभारमा रहेको हुप्पील्यान्ड पूर्णरूपमा सञ्चालनमा आएको छ। सानासाना केटाकेटीदेखि लिएर वृद्धवृद्धाले रुचाएको रमणीयस्थलको रूपमा रहेको हुप्पी ल्यान्ड कोरोनाका कारण एक वर्षदेखि बन्द रहेको थियो। उक्त स्थान चैत १४ गते शनिबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो।

    हुप्पील्यान्ड कोभिड(१९ का कारण सञ्चालनमा आउन सकेको थिएन। सरकारले स्वास्थ्य मापदण्ड पालना गराउँदै व्यवसायहरू सञ्चालन गर्न अनुमति दिएपछि हुप्पील्यान्ड पनि सबै स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरूपमा लागू गर्दै सञ्चालनमा आएको प्रबन्ध निर्देशक सुदन बस्नेतले जानकारी दिएका छन्।
    उनले भने, ‘हामीले विभिन्न ठाउँमा सेनिटाइजरको व्यवस्था गर्नुका साथै हातधुने र तापक्रम नाप्नेलगायतका सबै मापदण्ड पूरा गरेर यो पार्क सञ्चालनमा ल्याएका हौं।’
    पार्कमा स्वदेशी तथा विदेशी व्यक्तिहरूले रमणीय दृश्यावलोकन गर्न पाउनुका साथै खेल्ने व्यवस्थापन गरिएको छ ।

    कसरी पुग्ने रु के खेल्ने रु
    काठमाडौंको बल्खुसँगै जोडिएको रिङरोडबाट ५ किलोमिटर दक्षिणतर्फ गएपछि हुपील्यान्ड पुगिन्छ ।
    हुपील्यान्ड खासमा वाटर पार्क नै हो । यहाँ पानीका अनेकन् खेल खेल्न सकिन्छ । स्लाइड, स्विमिङ, वाटर फलदेखि रेन्जर, फ्रिज वे, कोलम्बस जस्ता खेलहरु खेलेर मनोरञ्जन लिन सकिन्छ । यहा बालबालिकाका लागि हावामा उफ्रिने खेल ९इनफ्ल्याटेबल०, हेलिक्पटर, कार पनि खेल्ने व्यवस्था छ । हुपील्यान्डमा अक्टोपस, एलियन, डाइनोसरको पार्क पनि छ । यि कृत्रिम डाइनोसरले हावाको माध्यामबाट आवाज निकाल्छन । पार्कमा थ्रीडी थिएटर र रेष्टुरेन्टको सुविधा पनि छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    ताजा अपडेट
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    आईजिपी दान बहादुर कार्कीको प्रयासपछि नेपाल प्रहरीको राशन स्केल बृद्धि
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.