• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

पत्रकार मिलन केसीलाई कुटपिट गर्ने चितवनका प्रहरी कारबाहीमा, तलव काटेर पत्रकार केसीको क्यामेरा मर्मत गरिने

  •    हेल्लो टिभी नेपाल  /२६ असार २०७८, शनिबार १३:१२ ,  प्रकाशीत
  • चितवनकी सुजिता भण्डारीको मृत्यु प्रकरणको विषयमा समाचार संकलन गर्न घटनास्थल पुगेका हेल्लो टिभी नेपालका पत्रकार मिलन केसीलाई कुटपिट गर्ने चितवनका प्रहरी कारबाहीमा पर्ने भएका छन । गत असार २२ गते समाचार संकलनमा पुगेका खत्रीलाई सुचना बिभागको कार्ड देखाउँदा देखाउँदै एक प्रहरीले उनीमाथी लाठी र बुट प्रहार गरि क्यामरा तोडफोड र घुँडामा गहिरो चोट हुने गरि घाईते बनाएका थिए । प्रहरीको उक्त दुव्यवहारपछि पत्रकार खत्री चितवन जिल्ला प्रहरी प्रमुख एसपी ओम प्रसाद अधिकारीलाई भेट्न गएका थिए । एसपी प्रमुखले पत्रकार खत्रीलाई कुट्नु अमानविय ब्यवहार भएको बताएका थिए ।

    कुटपिट गर्ने प्रहरीको तलब काटेर क्षति भएको क्यामरा मर्मत र कुटपिट गर्ने प्रहरीको तलब काटेर भएपनि क्यामरा मर्मत गरिदिने चितवन प्रहरी प्रमुख अधिकारीले पत्रकार सामु प्रतिबद्धता व्यक्त गरेका थिए । उनले यो घटना दुखलाग्दो र नहुनु पर्ने घटना भएको भन्दै पत्रकार सामु व्यक्तिगत माफीसमेत मागेका थिए । ‘पत्रकारले सामाचार संकलन गर्न पाउनु नैसर्गिक अधिकार हो’ पत्रकार खत्रीले भने, समाचार चित्त नबुझेमा कानुनी उपचार गर्न पाउने पर्याप्त बाटोहरु छन् । तर राज्यले नै पत्रकारलाई नियोजित रुपमा खोजि खोजि कुट्नु निन्दनिय रहेको छ । यसले प्रेस स्वतन्त्रता र निर्वाद रुपमा समाचार संकलन गर्न पाउनु पर्ने पत्रकारहरुको अधिकार कुण्ठित भएको पत्रकार खत्रीले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    ताजा अपडेट
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    आईजिपी दान बहादुर कार्कीको प्रयासपछि नेपाल प्रहरीको राशन स्केल बृद्धि
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.