• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

नुवाकोटमा रहेको दुप्चेश्वर महादेबले हामी सबैको रक्षा गरुन्, बुधबारको राशीफल हेर्नुहोस

  •    हेल्लो टिभी नेपाल  /२ भाद्र २०७८, बुधबार ०८:०२ ,  प्रकाशीत
  • मेषः– २५गते सम्म समयले साथ दिनेछ । काम गर्न गाह्रो हुनेछ तर परिणामले सन्तुष्टि दिनेछ । मुद्धा मामिलाम जीत हुनेछ । जीवन साथिको महत्वपूर्ण सहयोगले मनमा हौसला बढ्नेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न । आयात निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । साताको अन्तिम दिन शुक्रबार र शनिबार भने समयले त्यति साथ दिने छैन । अन्तिम चरणमा पुगेका काम पनि रोकिन सक्छन् । विभिन्न खालका झन्झट आईलाग्नेछ । खानपान नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । उपलब्धिका सम्भावना क्षीण हुनेछन् ।

    वृषः– मंगलबार सम्म समय त्यति अनुकुल देखिन्न । अनेका खालका विवाद उत्पन्न हुनेछन् । व्यापार व्यवसायबाट उचित प्रतिफल मिल्ने छैन । राज्यसँग सम्बन्धित काममा विलम्ब हुनेछ । बुधवारबाट समयमा क्रमिक सुधार आउनेछ । संघर्षबाट सफलताका सिढि चढ्न पाईनेछ । सफलता असफलता आफ्नै हातमा रहनेछ । रोकिएका कामले गति लिनेछ । शुक्रबार र शनिबार साता कै उत्कृष्ट दिन देखिन्छ । प्रयत्न गर्दा नयाँ काम हात लाग्नेछ । मान्यजनको सहयोग सहानुभूति मिल्नेछ । शिप,ज्ञान र दक्षताको विकाश हुनेछ । यात्राको योग देखिन्छ ।

    मिथुनः– आईतबार काम गर्ने उत्साहा बढ्नेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी बढ्नेछ । सोमबार र मंगलबार अनावस्यक खर्च बढ्नाले आर्थिक स्थिति कमजोर बन्नेछ । आफन्तका कारण विवादमा फसिनेछ । दैनिक काम काजमा अवरोध आउन सक्छ । वोलीको उल्टो अर्थ लगानउे छन् भने मनमा अशान्ति बढ्नेछ । घर डेराको समस्या पर्न सक्छ । बुधबारबाट समयमा सुधार आउनेछ । काम गर्ने उत्साहामा वृद्धि हुनेछ । काममा देखिएका समस्या कम भएर जानेछन् । कार्य क्षमता र दक्षता बढ्नेछ । काममा प्रतिश्पर्धा गर्नु पर्नेछ पछि नहट्नु होला
    ।

    कर्कटः– आइतबार ऋण लगानी नगर्नुहोला । काम सम्पन्न गर्न थोरै मेहनत गर्नु पर्नेछ । मिलेर भन्दा एक्लै गरेका काम बढि सफल हुनेछन् । सोमबार र मंगलबार केहि उपलब्धि हात लाग्नेछ । काम गर्ने जोश जागर बढ्नेछ । आफ्नै बाहु बलबाट आर्थिक उन्नतिका कार्यक्रम अगाडि बढ्नेछन् । अधुरा काम फस्र्योट हुनेछन् । उद्योग, धन्दा बन्द व्यापारबाट आम्दानी बढ्नेछ । आध्यात्मिक एवं भौतिक चिन्तन बढि हुनेछ । आफन्त तथा साथी भाईबाट सामान्य सहयोग मिल्नेछ । बुधबारबाट समयले साथ दिने छैन । काम गर्दा अनेक समस्या झेल्नु पर्नेछ । विश्वास गरेकाले धोका दिनसक्छन् ।

    सिंहः–आइतबार काम गर्ने उत्साहा बढ्नेछ । शारीरिक एवं मानसिक रुपमा काम गर्न सक्षम हुनुहुनेछ । उत्तम भोजन र आसन प्राप्तिको योग देखिन्छ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । सोमबार र मंगलबारका दिन मध्य देखिन्छन् । हेलचक्र्याई गरेर काम नगर्नु होला असफलता हात लाग्नेछ । बुधबार विहिबार साता कै उत्कृष्ट दिन हुनेछन् । उद्योग पराक्रम बढ्नेछ । रोकिएका धेरै काम सम्पन्न हुनेछन् । कला सहित्यमा रुची बढ्नेछ । आफ्नै प्रयासमा आर्थिक उन्नति हुनेछ । ईष्टमित्र,साथी भाईबाट सामान्य सहयोग मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

    कन्याः– रविबार प्रतिकुल देखिन्छ । विना सोच विचार कुनै पनि क्षेत्रमा हात नहाल्नु होला । घर डेराको समस्या पर्न सक्छ । लगानी नबढाउनु होला डुब्न सक्छ । सोमबारबाट भने समयमा सुधार आउनेछ । भोज भतेर सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ । आर्थिक क्षेत्रमा सुधारका संकेत देखिने छन् । व्यापार व्यवसायबाट सन्तोष जनक आम्दानी हुनेछ । सहयोगी मन भेटिने छन् । पढाई लेखाईमा सामान्य सुधार आउनेछ । काममा वोलीको प्रभाव पर्नेछ । अधुरा अधिकाँश काम सम्पन्न हुनेछन् । सामाजिक उत्तरदायित्व बढ्नेछ । पारिवारिक भेटघाट बढ्नेछ ।

    तुलाः– आम्दानीका दृष्टिले आईतबार राम्रै देखिन्छ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । सोमबार र मंगलबार भने प्रतिकुल देखिन्छ । जोखिम मोलेर कुनै पनि नयाँ काम नगर्नु होला । बुधबारबाट भने समय अनुकुल बन्नेछ । काम गर्ने जोश जागर बढ्नेछ । व्यापार व्यवसायमा विस्तारै सुधार आउनेछ । समाजमा इज्जत प्रतिष्ठा बढ्नेछ,वौद्धिकताको प्रशंसा हुनेछ । उत्तम भोजन र आसन प्राप्तिको योग पनि देखिन्छ । काम गर्ने हौसला मिल्नेछ । मनको अशान्ति कम हुनेछ । अरुको बनावटी कुरा नपत्याउनु होला । गोपनियता भङ्ग नगर्नु होला आफैलाई घाटा हुनेछ ।

    वृश्चिकः– २३ गते सम्म समयले साथ दिनेछ । नोकरी तथा राजनीतिमा सफलता मिल्नेछ । नयाँ कार्य भार समाल्न पाईनेछ । नेतृत्व तहबाट उच्च मूल्याङ्क हुनेछ । साहासिक काम हुनेछन् । अध्ययन चिन्तन मन पनि बढि नै हुनेछ । लगनी अनुसारको व्यापार व्यवसायबाट मुनाफ लिन पाईनेछ । वैदेशिक कार्यमा आँशिक सफलता मिल्नेछ । नयाँ कार्य योजना अगाडि बढाउन सजिलो हुनेछ । इष्टमित्र,आफन्तबाट सामान्य सहयोग पाईनेछ । २४ र २५ गतेका दिन भने त्यति अनुकुल देखिन्न । घरमा पाहुना आउने छन्, खर्च बढ्नेछ । २६ र २७ गतेको दिन भने उत्तम देखिन्छ ।

    धनुः– विहिवार सम्म समय अनुकुल रहेकोछ । अधुरा पुराना समस्या समाधान भएर जानेछन् । काम देख्दा असम्भव तर गर्दै जादा सम्भव हुनेछन् । सरल विधिबाट कार्य सम्पादन हुनेछन् । नोकरी तथा राजनीतिमा भूमिकाको खोजी गर्नुहोला नत्र पछि पर्नु हुनेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । विरोधी कमजोर बन्ने छन् तर सतर्कता भने अप्नाउनु होला । दामपत्य जीवन सुखमय हुनेछ । अध्ययन अध्यापन कार्यमा प्रगति हुनेछ । स्वास्थ्य र लेनदेन कारोवारमा भने हेलचक्र्याई नगर्नु होला आफैलाई घाटा हुनेछ,दुःख पाईनेछ ।

    मकरः–आईतबार बढि प्रतिकुल देखिन्छ । अहार विहारमा ध्यान दिनुहोला नत्र स्वास्थ्यमा समस्या आउनेछ । काम गर्दा विभिन्न समस्या झेल्नुपर्ला । पश्रिमको मुल्य लिन ठूलै चलखेल गर्नु पर्ला । सोमबार र मंगलबारको दिन भने मध्यम देखिन्छ । आफ्ना भन्दा अरुका काम बढि हुनेछन् । बुधबारबाट भने समय अनुकुल बन्नेछ । रोकिएका कामले गति लिनेछ । सामाजिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुहुनेछ । सहज र सरल विधिबाट कार्य सम्पादन हुनेछन् । घर परिवारमा रमाईलो हुनेछ । सहयोगका प्रस्ताव आउने छन् । स्वतन्त्र प्रकृतिका व्यापारबाट आम्दानी बढ्नेछ ।

    कुम्भः– आइतबार काममा थोरै सफलता मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ भने सोमबार र मंगलबार साता कै कमजोर दिन देखिन्छ । पारिवारिक सुखमा कमि आउनेछ । अन्तिम चरणमा पुगेका काम पनि रोकिने छन् । विश्वास र भरोसा टुट्नेछ । बुधबारबाट समयमा विस्तारै सुधार आउनेछ । लगनशिल भई कार्य क्षेत्रमा लाग्नु होला । शुक्रबार र शनिबार साता कै उत्कृष्ट दिन रहने छन् । रोकिएका काम अगाडि बढ्ने छन् । घर परिवारमा सुख शान्ति मिल्नेछ । नोकरी तथा राजनीतिमा भूमिकाको खाजी गर्नु होला । विरोधीका कारण लाभान्वित हुनुहुनेछ ।

    मिनः– आइतबार बढि संघर्ष गर्नु पर्नेछ । काम गर्दा गोपनियता अप्नाउनु होला । सोमबार र मंगलबार प्रयत्न गरेमा नयाँ काम हात लाग्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । जीवन साथीको सहयोगमा महत्वपूर्ण काम हुनेछन् । विदेश यात्राको योग पनि देखिन्छ । बुधबारबाट समय प्रतिकुल हुनेछ । अन्तिम चरणमा पुगेका काम पनि रोकिन सक्छन् । व्यापार व्यवसायमा गिरावाट आउनेछ । पठन पाठनमा गिरावट आउनेछ । विभिन्न खालका समस्या झेल्नु पर्नेछ । आर्थिक कुराले बढि पिरोल्नेछ । विश्वासको संकट पर्नेछ । आर्थिक क्षय वेहोर्नु पर्ला । — पंडितः– सुराचार्य

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.