• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

निर्वाचन शान्तिपूर्ण एवं निष्पक्ष हुने

  •    हेल्लो टिभी नेपाल  /२८ कार्तिक २०७९, सोमबार २१:३९ ,  प्रकाशीत
  • मकवानपुर -मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत मकवानपुर जिल्लामा हुने निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले बताउनुभएको छ ।

    फ्रि मिडिया नेटवर्कद्वारा हेटौँडामा आज आयोजित निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउन सञ्चार माध्यमको भूमिका विषयक एकदिने अन्तक्र्रिया कार्यक्रममा उहाँले निर्वाचनलाई निष्पक्षरूपमा सम्पन्न गराउनका लागि आचारसंहितालाई सबैले पालना गरी आआफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गर्नुभयो ।

    आचारसंहिता विपरीत काम गर्नेलाई कारबाही भइरहेको उल्लेख गर्दै उहाँले मतदाता शिक्षा अझै प्रभावकारी बनाउनुपर्ने तर त्यस्तो नभएको बताउनुभयो । मकवानपुर जिल्लामा एक सय ६७ मतदानस्थल र तीन सय ६४ मतदान केन्द्र रहेकाले निर्वाचनका लागि दुई हजार नौ सय १२ कर्मचारी खटिएको मुख्य निर्वाचन अधिकृत निरौलाले जानकारी दिनुभयो । साथै प्रत्येक मतदान केन्द्रमा ११ सुरक्षाकर्मी खटिने उल्लेख गर्दै मतदान अधिकृतसहित कर्मचारीलाई मतदान केन्द्रमा खटाउने कार्य सुरु भएको उहाँले बताउनुभयो ।

    मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले आसन्न निर्वाचनलाई निष्पक्षरूपमा सम्पन्न गराउनका लागि सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहको जनाउँदै समाचर सङ्कलनका लागि सहज वातावरण बनाउन तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले निर्वाचनमा पत्रकार आचारसंहिता पालना गर्दै स्वतन्त्र र तटस्थ भएर कलम चलाउन पत्रकारलाई आग्रह गर्नुयो । उहाँले सञ्चारमाध्यम र सञ्चारकर्मी सदैव जिम्मेवार भएर प्रस्तुत भइरहको बताउँदै निर्वाचन निष्पक्षरूपमा गराउन आग्रह गर्नुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.