• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

नक्कली’ भन्दै पक्राउ परेका ‘सक्कली डाक्टर’ यादव रिहा

  •    हेल्लो टिभी नेपाल  /२९ श्रावण २०८०, सोमबार १०:३२ ,  प्रकाशीत
  • ‘नक्कली डाक्टर’विरुद्धको अपरेशनका क्रममा पक्राउ परेका ‘सक्कली’ डाक्टर बारा घर भएका रञ्जित कुमार यादव सीआईबीको थुनाबाट मुक्त भएका छन्।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले आइतबार साँझ यादवलाई थुनामुक्त गरेको हो।एसएलसी तथा प्रमाणपत्र तहमा नक्कली प्रमाणपत्र तह बनाएर चिकित्सा शिक्षाको योग्यता हासिल गरेको पाइएपछि सीआईबीले ‘अपरेसन फोक्सट्रोट’ नाम दिएर नक्कली डाक्टरमाथि अनुसन्धान सुरु गरेको थियो।

    जसक्रममा साउन २५ गते नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य समेत रहेका मेडिकल व्यवसायी सुनिल शर्मा पक्राउ परेका थिए। सीआईबीले शुक्रबारसम्म ८ जनालाई ‘नक्कली डाक्टर’लाई पक्राउ गरेको थियो।पक्राउ परेकामध्ये प्रतिनिधि सभा सदस्य शर्मा बाहेक अन्यलाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले म्याद थप अनुमति दिएको थियो।

    अदालतले अनुसन्धानका लागि म्याद थप गरेपछि बारा घर भएका डाक्टर यादव सक्कली भएको पाइएको हो। यादव सक्कली भएको थाहा भएपछि सीआईबीले उनलाई हतार हतार रिहा गर्ने प्रक्रिया अगाडि बढाएको थियो।

    नेपाल मेडिकल काउन्सिलले यादवको प्रमाणपत्रको प्रतिलिपि सहितको पत्र सीआईबीलाई सोमबार पठाएको थियो। काउन्सिलको उक्त पत्रपछि सीआईबीले उनलाई छाडेको हो।

    रञ्जित कुमार यादव नाम गरेका अर्का नक्कली डाक्टरलाई पक्राउ गर्नुपर्नेमा सीआईबीले नक्कली भन्दै सक्कली डाक्टर यादवलाई पक्राउ गरेको खुलेको हो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.