• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

ग्लोबल नेपाली फिल्म अवार्डमा सर्वोकृष्ट नायक नायिकाको अवार्ड अनमोल र स्वस्तिमा पाउने भए

  •    हेल्लो टिभी नेपाल  /२९ श्रावण २०८०, सोमबार १०:५२ ,  प्रकाशीत
  • अमेरिकामा आयोजना भएको छैठौं ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ गत शनिबार सम्पन्न भएको छ । अमेरिका तथा नेपालबाट ठुलो संख्यामा कलाकारहरुको सहभागिता रहेको उक्त अवार्ड समारोहमा नायक अनमोल केसीले सर्वोकृष्ट अभिनेताको अवार्ड प्राप्त गरेका थिए । उनले फिल्म ए मेरो हजुर ४ बाट उक्त अवार्ड प्राप्त गरेका हुन् । उता नायिका स्वस्तिमा खड्काले सर्वोकृष्ट अभिनेत्रीको अवार्ड जित्न सफल भइन् ।

     

    यता उत्कृष्ट निर्देशकको अवार्ड भने प्रेमगीत ३ बाट सन्तोष शेनले प्राप्त गरे भने चरित्र अभिनेताको अवार्ड वरिष्ठ कलाकार सुनिल थापा र चरित्र अभिनेत्रीको पुरस्कार प्रियङ्का कार्कीले जितिन् । त्यस्तै चलचित्र दीर्घ साधना सम्मान ४० वर्षसम्म चलचित्र उद्योगमा योगदान गरे बापत शिव श्रेष्ठलाई प्रदान गरिएको थियो । साथै वर्षकी उत्कृष्ट गायिकामा प्रविशा अधिकारीलाई अवार्ड प्रदान गरिएको थियो भने भने उत्कृष्ट नृत्य निर्देशकको अवार्ड शिव बिकलाई प्रदान गरिएको थियो ।

    यस्तै अभिनेता सरोज खनाललाई चलचित्र सिद्धि पुरस्कार प्रदान गरिएको थियो । सुवास बि थापालाई डायसपोरा अभिनेताको अवार्ड प्रदान गरिएको थियो ।यसैगरी विभिन्न कलाकर्मीहरू मध्ये अनिल पाण्डे, सन्तोष रामदन, केदार उप्रेती, बिक्रान्त बस्नेत लगायतलाई समेत सम्मान गरिएको थियो । चलचित्र क्षेत्रलाई महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका चलचित्रकर्मी तथा सञ्चारकर्मीलाई पनि सम्मान गरिएको समारोहमा मिस नेपाल नर्थ अमेरिका जुवली शेर्पा द्वितीय उपविजेता इशा सुवेदीलाई पनि पुरस्कार प्रदान गरिएको थियो ।

    शनिबार क्विन्सको मेलरोज बलरुममा सम्पन्न समारोहमा विभिन्न विधामा अवार्ड वितरण गरीएको थियो । फिल्मकर्मीहरूलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ‘ग्लोबल नेपाली फिल्म अवार्ड’को आयोजना गरिएको हो । न्यूयोर्कको ड्रिम्स युनिभर्सल एलएलसीले आतिथ्यता गरेको हो भने गर्ने यसका प्रमुख शैलेश श्रेष्ठ हुन् ।

    अमेरिकाको विभिन्न राज्यहरु कोलोराडो, क्यालिफोर्निया राज्यहरूमा सफलतापूर्वक सम्पन्न भइसकेका छन् भने छैठो संस्करण २०२३ मा न्यूयोर्क राज्यमा भव्य कार्यक्रमबीच समापन भएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    ताजा अपडेट
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    आईजिपी दान बहादुर कार्कीको प्रयासपछि नेपाल प्रहरीको राशन स्केल बृद्धि
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.